बाँके र बर्दिया घटनाबारे गृहमन्त्रीलाई जवाफ दिन सभामुखको रुलिङ

राजनीति

sansad

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बाँके र बर्दियाको घटनाबारे सरकारको धारणा र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदहरूले बाँकेमा भएको सामूहिक बलात्कार र बर्दियामा प्रहरीको गोली लागेर मारिएकी नवीना थारुको विषयमा सरकारको धारणा माग गरेका थिए ।

सोही विषयमा सदनको ध्यानाकर्षण भएको जनाउँदै सभामुख सापकोटाले गृहमन्त्री खाँणलाई जवाफ दिन समय दिएका छन् । अहिले गृहमन्त्री खाँणले जवाफ दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार