कांग्रेस उपसमितिको रिपोर्ट : स्थानीय तहमा ४४ प्रतिशत जित्यौँ

राजनीति

congress1_nubyy9smcp

काठमाडौं । नेपाल कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय तहको निर्वाचनमा ४४ प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

सो मातहातको अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहेका केन्द्रीय समितिका सदस्य प्रदिप पौडेलले एक प्रतिवेदन सार्वजनिक गर्दै सो दावी प्रस्तुत गरेको हो ।

‘कुल ७५२ स्थानमध्ये प्रमुख पदमा ३२९ स्थानमा विजय ९१८८ अध्यक्ष र र १४१ प्रमुख०, जुन कुल स्थानको करिब ४४ प्रतिशत हुन आउँछ, ’ प्रतिवेदनमा भनिएको छ, ‘कुल ७५२ स्थानमध्ये उपप्रमुख पदमा ३०० स्थानमा विजय ९१९० उपाध्यक्ष र ११० उपप्रमुख०, जुन कुल स्थानको ४४ प्रतिशत हुन आउँछ ।’

कार्यकारी पदको १५०४ मध्ये ६२९ स्थानमा नेपाली कांग्रेस रहेको र जसको ४२ प्रतिशत हुने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार