अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमाण्डरद्वारा प्रधानमन्त्रीसँग शिष्टाचार भेट

राजनीति

fu4wo5ox0aahnvn-jpg

काठमाडौं । अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चाल्र्स ए। फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगी उनले देउवासँग आज शिष्टाचार भेट गरेका हुन् ।

भेटमा मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

भेटमा फ्लिनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार