इटालीमा हेलिकप्टर दुर्घटना : मृत्यु हुनेको संख्या ७ पुग्यो

अन्तराष्ट्रिय

italy_c7m2dc6rhg_nap0bmqjfv

एजेन्सी । इटालीका अधिकारीहरुले शनिबार हराएको हेलिकोप्टर भेटिएको बताएका छन् । उनीहरुले सो हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र त्यसमा रहेका सबै सात जनाकै ज्यान गएको पाइएको पनि बताएका छन् । शनिबार बिहान सो हेलिकोप्टर एयर ट्राफिकबाट हराएको जनाएका थिए ।

सातजना यात्रु बोकेर बेपत्ता रहेको सो हेलिकोप्टरको खोजी दिनभर भएको उनीहरुको भनाई छ । शनिबार साँझ सो हेलिकोप्टर फेला परेको र त्यसमा रहेका सबै सात जनाकै ज्यान गएको उद्धारमा खटेका अधिकारीहरुले जनाएका छन् ।

मध्य इटालियन क्षेत्रको एमिलिया रोमाग्ना नजिकैको एक पहाडको बाटो भएर सो हेलिकप्टर उडेको थियो । सोही पहाडको नजिक पुगेर हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । त्यसमा एक जना इटालियन पाइलट, चार जना टर्कीका नागरिक र अरु दुई जना लेबनानका नागरिक रहेका थिए ।

दुर्घटनाको कारण अनुसन्धानरत रहेको यहाँको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट देखिए अनुसार मौसमको खराबीका कारण यो हेलिकोप्टर दुर्घटनामा परेको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार