निर्वाचन आयोगलाई सकस : बदर र कुल मतको मिलेन हिसाब

banner

sthaniya-nirbachan

काठमाडौं । स्थानीय तह निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक गर्न ढिलाइ भएको छ । गएको वैशाख ३० भएको स्थानीय निर्वाचनमा दलहरूले पाएको मत, सदर र बदर मतको हिसाब नमिल्दा निर्वाचन आयोगलाई एकमुस्ट जानकारी दिन सकस भएको हो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अधिकारीका अनुसार केही दिनमा निर्वाचनको एकमुस्ट जानकारी वेबसाइटमा राख्ने तयारी गरिएको छ । ‘हामीले धेरै जानकारीहरू त वेबसाइट र ईबुलेटिनमार्फत गराइसकेका छौँ । हरेक दलले कति पाए भन्ने हिसाब त वेबसाइटबाट पनि गर्न सकिन्छ । महिलाको संख्या, निर्विरोधको जानकारी हामीले गराइसकेका छौँ,’ उनले भने, ‘अब दुई–चार दिनभित्रमा खसेको मत, पदअनुुसार सदर, बदरमतसहितको एकमुस्ट जानकारी वेबसाइटमा राख्ने तयारी गरिरहेका छौँ ।’

अर्यालका अनुसार उमेदवारले पाएको मत, बदर र कुल मतको हिसाब मिलेको छैन । केही जिल्लाको मतमा अन्तर देखिएकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको उनले बताए । ‘कतिपय पालिकाबाट आएको सदर, बदर र कुल मतको हिसाब मिलेको छैन । के कारणले त्यस्तो अन्तर भएको हो, इन्ट्रीमा नै मिस्टेक भएको हो कि जिल्लासँग भेरिफाइ गरिरहेका छौँ,’ उनले भने, ‘अब दुई–चार दिनभित्रमा खसेको मत, सदर, बदर पदअनुसारको जानकारी गराउँछौँ ।’

उता, विवादपछि मतगणना नगरिएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदानको तयारी गरिएको छ । त्यसले गर्दा पनि एकमुस्ट नतिजामा ढिलाइ भएको आयोगका अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार