ओली सरकारका पालामा पठाइएको भनिएको पत्र नक्कली भएको आशंका

banner

fake

काठमाडौं । अमेरिकाको स्टेट पार्टरसीप प्रोग्राम(एसपीपी)मा सहभागी हुन भन्दै पठाएको पत्रको सत्यताबारे नेपाली सैनाको मुख्यालयमा अहिले आकस्मिक बैठक बसिरहेको छ।

नेपाली सेनाले पठाएको भनिएको पत्रको आधिकारिकतामा धेरै प्रश्न उठेपछि सैनिक मुख्यालयमा बैठक बसेको छ । सेनाले पठाएको भनिएको पत्रको आधिकारिकताबारे बुझ्ने काम भइरहेको नेपाली सेनाका प्रवक्तासमेत रहेका सहायक रथी नारायण सिलवालले बताएका छन् । सो पत्रमा सेनाले प्रयोग गर्ने गरेको लोगोलगायत कुनै पनि ढाचाँ मिल्दैन । यसअघि एसपीपीमा नेपाली सेना सहभागी हुनेबारे ब्यापक चर्चा चलेपछि नेपाली सेनाले बुधबार त्यसको खन्डन गर्दै त्यस्तो कुनै गतिविधि नरहेको दावी गरेको थियो।

बिहीबार नेपाली सेनाले एसपीपीमा सहभागी हुन अनुरोध गरेको भन्दै एक पत्र सार्वजनिक भएको छ। सन् २०१५ को अक्टुबर २७ मा तत्कालीन अमेरिकी राजदूत अलाइना तेप्लिजलाई सम्बोधन गरिएको पत्रमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन् । लेटरप्याडमा सेनाको लोगो भने छैन । हालसालै मात्र अमेरिकी सेनाका प्यासिफिक कमान्डरले नेपाल भ्रमण गरेर फर्किएपछि एसपीपीको विषय चर्चामा आएको हो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार