नुन किलोमै ३०० रुपैयाँ लिएर बेच्छन् व्यापारी

banner

kalobajari_6brcgjsqhx

काठमाडौं । बजारमा गैरकानुनी रूपमा नुनको कारोबार हुने गरेको पाइएको छ। विभिन्न बजारमा कम्पनीहरूले अनलाइनमार्फत ‘सिधे नुन’ प्याकेजिङ गरी गैरकानुनी रूपमा अत्यधिक मूल्य लिएर बिक्री वितरण गर्ने गरेको पाइएको हो।

काठमाडौं अर्गानिक कम्पनी, हिमालयज् पिक कम्पनीले सिधे नुनलाई प्याकेजिङ गरी अत्यधिक मूल्य लिने गरेको पाइएको छ । खाद्य ऐन, २०२३ बमोजिम कुनै पनि उद्योगले खाद्य वस्तु प्रशोधन, उत्पादन तथा प्याकेजिङ गर्न विभागबाट अनुज्ञापत्र लिएर मात्र बजारमा बिक्री वितरण गर्नुपर्ने कानुनी व्यवस्था छ। सो कम्पनीले खाद्य विभागबाट सिधे नुन बजारमा बिक्री वितरण गर्नका लागि अनुज्ञापत्रसमेत नलिइएको पाइएको छ।

अर्गानिक कम्पनी, हिमालयज पिक कम्पनीलगायतका कम्पनीले सिधे नुनलाई प्रशोधन र प्याकेजिङ गरी १ किलो नुनको २५२ देखि ३०० रुपैयाँ लिएर बिक्री वितरण गरी उपभोक्तालाई ठगिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार