भारतमा उडिरहेको विमानमा आगलागी, १८५ यात्री थिए

अन्तराष्ट्रिय

spicejet_1xdzhtqbog

एजेन्सी । भारतको बिहारको राजधानी पटनामा आइतबार एक विमानलाई आपतकालीन अवतरण गराइएको छ । विमानमा १८५ यात्री सवार थिए ।

अधिकारीका अनुसार विमान स्पाइस जेटको थियो । उडान भरिरहेका बेला विमानको इन्जिनमा आगलागीको जानकारी पाएपछि विमानलाई आपतकालीन अवतरण गराइएको हो ।

पटना डिएमले मिडियालाई दिएको जानकारी अनुसार विमानका सबै यात्री सुरक्षित छन् । उनले विमानको बायाँ पखेटामा आगो लागेको जानकारी दिए । मानिसहरुले तलबाट विमानको इन्जिनमा आगो लागिरहेको देखेको पनि बताइँदै छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार