ह्वाइट हाउस नजिकै गोली चल्यो, प्रहरीसहित कयौं घाइते

अन्तराष्ट्रिय

shooting_1655694735

एजेन्सी । अमेरिकाको राजधानी वासिङ्टन डिसीको यू स्ट्रिट नर्थवेस्टमा एक कन्सर्टको क्रममा गोली चलेको छ, जसमा एक प्रहरी अधिकारीसहित कैयौँ व्यक्तिलाई गोली लागेर घाइते भएका छन् । यो क्षेत्र ह्वाइट हाउसबाट २ माइलभन्दा कमको दूरीमा पर्दछ । गोली लागेर घाइते भएका एक प्रहरी अधिकृतलाई अस्पताल लगिएको र अहिले अवस्था सामान्य रहेको डीसी प्रहरी युनियनले जनाएको छ ।

सञ्चारमाध्यमका अनुसार १४ औं र यू स्ट्रिटमा रहेको कन्सर्ट स्थल नजिकै गोली हानाहान भएको थियो । ःपुलिस अधिकारीको खुट्टामा गोली लागेको छ । साथै थप घाइतेहरू भेटिएको अपुष्ट समाचार आएका छन्। प्रहरीले उक्त क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । गोली चलाउने व्यक्तिको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन।

अलाबामाको चर्चमा आइतबार पूजा फेरि सुरु भयो जहाँ एक बन्दुकधारीले यस हप्ताको सुरुमा तीन वृद्ध व्यक्तिहरूलाई गोली हानेर मारेमा थिए। बिहीबार राति भएको आक्रमणमा आइरन्डेलका ८४ वर्षीय वाल्टर बार्ट रेनी, पेल्हमकी ७५ वर्षीया सारा येगर र अन्य ८४ वर्षीया महिलाको मृत्यु भएको थियो । प्रहरीले तेस्रो मृतकको नाम भने खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार