प्रतिनिधिसभाको बैठक बस्दै

banner

sansad_lnk6vgseaz

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्न लागेको हो । आजको बैठकमा विभिन्न विधेयक दफाबार छलफलका लागि पेस गरिनेछ ।

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि पेस गर्ने संसद सचिवालयको सम्भावित कार्यसूची छ ।

आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनलाई निर्णायार्थ प्रस्तुत गरिने पनि संसद् सचिवालयले जानकारी दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार