एसपीपी फिर्ता लिने मन्त्रिपरिषदको निर्णय, यसरी हुने भो कार्यान्वयन

banner

cabinet-meeting

काठमाडौं । सरकारले अमेरिकासँगको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालले प्रस्ताव गरी अमेरिकाबाट स्वीकृत भएको सम्झौतालाई फिर्ता लिने प्रक्रिया अघि बढाउन सेनालाई निर्देशन दिने निर्णय भएको शिक्षा मन्त्री देवेन्द्र पौडेलले बताए ।

मन्त्रिपरिषदको निर्णयसँगै अब एसपीपी फिर्ता लिन औपचारिक प्रक्रिया सुरु हुनेछ । यसअघि सत्ता पक्ष र प्रतिपक्ष दुवैले एसपीपी सम्झौता कार्यान्वयन गर्न नसक्ने बताउँदै आएका थिए । सो सम्झौता फिर्ता लिन संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समेत निर्देशन दिइसकेको छ ।
नेपाली सेनाले सन् २०१५ र सन् २०१७ मा अमेरिकी दूतावासमा पत्र लेखी एसपीपीमा सहभागी गराउन अनुरोध गरेको थियो । नेपाली सेनाको अनुरोधमा सन् २०१९ मा स्वीकार गरिएको अमेरिकी दूतावासले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार