इम्बोस्ड नम्वर प्लेट नजोडे के हुन्छ ? यस्तो छ सजायको ब्यवस्था

banner

embosd-number-plate-1

काठमाडौं । सरकारले इम्बोस्ड नम्बर प्लेटको डिजाइनमा त्रुटि भएको स्वीकार गरेको छ । तर, राजपत्रको सूचना अनुसार प्लेट नजोडे सवारी जफत गरेर एक वर्ष कैद गर्ने चेतावनी पनि दिएको छ ।

बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा सांसदहरुले नम्बर प्लेट खुइलिने, फुट्ने समस्या आएको भन्दै वास्तविकता के हो रु भनी प्रश्न गरेका थिए ।

जवाफमा यातायात व्यवस्था विभागका महानिर्देशक नवराज घिमिरेले इम्बोस्ड नम्बर प्लेट फुट्ने समस्या देखिएका स्वीकार गरे । महानिर्देशक घिमिरेले मोटरसाइकलको हकमा इम्बोस्ड नम्बर प्लेट फुट्ने समस्या आएको बताए । ‘फिटिङमा समस्या छ, यो डिजाइनमा भएको त्रुटिले हो,’ उनले भने ।

पर्याप्त अनुसन्धान नगरी इम्बोस्ड नम्बर प्लेटको डिजाइन गरिएकाले अहिले समस्या आएको घिमिरेको स्विकारोक्ति छ । घिमिरेका अनुसार सवारीको पछाडि जोडिने प्लेट वर्गाकार हुन्छ । ‘तर, सबै गाडीहरुमा पछाडि वर्गाकार प्लेट लाग्दैनन् । भक्सवागन गाडीमा पछाडि आयातकार लाग्छ,’ उनले भने, ‘इम्बोस्ड नम्बर प्लेट डिजाइन गर्दा पछाडिको आयातकार राख्ने परिकल्पना नै गरिएन । यही गल्तीका कारणले पछाडिको प्लेट ह्वार्ल्याङ(ह्वार्ल्याङ भएको देखिन्छ ।’

महानिर्देशक घिमिरेका अनुसार प्लेट राख्न दुई ठाउँमा ‘नट’ कसिएको हुन्छ । ‘माथि मात्रै दुई वटा किला राख्ने ठाउँ हुन्छ । तल अर्को प्लेट राख्नुपर्ने हुँदा गाडी नै प्वाल पार्नुपर्ने हुन्छ,’ उनी भन्छन् ।

मोटरसाइकलको प्लेटको साइज सानो भएकाले पनि समस्या भएको घिमिरे बताउँछन् । ‘मोटरसाइकलमा जोडिने प्लेटको साइज सानो छ । तर, इम्बोस्ड नम्बर प्लेट ‘आईएसओ ९०००’ अनुसारको भएको हुनाले त्यो भन्दा सानो गर्न मिल्दैन,’ उनले भने, ‘मोटरसाइकलमा प्लेटका लागि राखिएको ठाउँ भन्दा बाहिर निस्कन्छ ।’

उनका अनुसार प्लेट ठाउँभन्दा बाहिर निस्किएपछि अधिकांश मोटरसाइकलमा जडान गरिएका इम्बोस्ड नम्बर प्लेट च्यातिने गरेको समस्या देखा परेको छ ।

ग्यारेजमा राख्दा अर्कोसँग ठोक्किनु र नम्बर प्लेटको सुरक्षाका लागि फ्रेम नहुनुले बढी समस्या भएको बताए । ‘डिजाइन गर्दा त्रुटि भएकाले हुनाले सोही अनुसार उत्पादन भयो,’ उनी थप्छन्, ‘फ्रेमअनुसार नराखेको नम्बर प्लेट सवारी थर्किंदा आल्मुनियम विस्तारै किला ९नट० ले कोर्दा कुच्चिंदै जान्छ । कुच्चिंदै गएपछि प्वाल ठूलो हुन्छ र प्लेट खतम हुन्छ, प्लेट झर्छ ।’

पछिल्लो समय इम्बोस्ड नम्बर प्लेट जडान गरेका मोटरसाइकलको हकमा यस्तो समस्या बढी आएको घिमिरेले बताए । नेपालका कस्तो प्रकृतिको सवारी आउँछ, त्यसमा कस्तो साइजको प्लेट लाग्छ भनेर बजार अनुसन्धान नगरी प्लेट डिजाइन गरिएका कारण समस्या आएको महानिर्देशक घिमिरे स्वीकार गर्छन् ।

‘तर, पछि हट्ने योजना छैन’

उपभोक्ताबाट गुनासो आइरहे पनि इम्बोस्ड नम्बर प्लेट लागू गर्नबाट पछि हट्ने योजना भने नरहेको सरकारले बताएको छ । राज्यले ठूलो रकम खर्च गरेर ठेक्का दिइसकेको र नम्बर प्लेट नबनाए पनि ठेकदारलाई शतप्रतिशत रकम भुक्तान गर्नुपर्ने भएकाले इम्बोस्ड नम्बर प्लेट लागू गर्नबाट सरकार ब्याक हुन नसक्ने तर्क सरकारको छ ।

आगामी १ साउनदेखि कडाइका साथ इम्बोस्ड नम्बर प्लेट जडान गरेको छ वा छैन भनेर चेकिङ हुने बताउँछन् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार