बाबुको निर्णयमा आक्रोशित छोराले सरकारी गाडी तोडफोड

banner

gadi

मोरङ । आफ्ना बाबुले गरेको निर्णयमा असहमति जनाउँदै मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुका छोरा ज्योती गच्छदार थारुले सरकारी गाडी तोडफोड गरिदिएका छन्। ज्योतीले गाउँपालिकाको प्रदेश १–को १ झ ५७८ नम्बरको गाडी मंगलबार साँझ तोडफोड गरिदिएका हुन्।

गाउँपालिका परिषरमै राखिएको बेला गाडी तोडफोड गरिएको हो। ढुंगाले प्रहार गरेर पछाडिको शिशा फुटाइएको छ। गाडी गाउँपालिका अध्यक्ष जयप्रकाशले नै प्रयोग गर्दै आएका थिए । गाउँपालिकाको बजेट निर्माणलगायतका विषयमा मंगलबार दिनभर छलफल भएको थियो।

विभिन्न समिति निर्माणको विषयलाई पनि छलफलको एजेन्डा बनाइयो। तर कांग्रेसबाट बहुमतसहित अध्यक्षमा निर्वाचित जयप्रकाशले एमालेबाट निर्वाचित वडाअध्यक्षहरुलाई कार्यपालिकाभित्रका विभिन्न समितिमा जिम्मेवारी नदिएको विषयमा विवाद भयो। अन्ततः एमालेका वडाध्यक्षलाई पनि केही समितिको जिम्मेवारी दिन जयप्रकाश तयार भए।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार