रामकुमारीले सुरु गरिन नयाँ पार्टी बनाउने बहस

banner

ramkumari-prasab9_y3fmrxeaks

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा मन्त्री फिर्ताको रडाको चलिरहेका बेला सहरी विकास मन्त्रीसमेत रहेकी सो पार्टीकी नेत्रृ रामकुमारी झाँक्रीले छुट्टै पार्टी बनाउन बहस थालेकी छन् । ट्वीटरमा फिलिपिन्सको उदाहरण दिंदै उनले नेपालमा पनि त्यस्तै पार्टीको परिकल्पना गरेकी हुन् ।

समाजवादीले झाँक्रीसहितलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गत जेठ १७ गते नै गरेको थियो। तर पर्यटनमन्त्री प्रेम आलेसहितले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यो निर्णय कार्यान्वयन नगर्न दबाब दिएका थिए।

jharkri-ko-parti

बिहीबारको समाजवादी सचिवालय बैठकले पनि मन्त्री फिर्ताको निर्णय कार्यान्वयन हुनुपर्ने निर्णय गरेको सन्दर्भमा झाँक्रीले अलग्गै महिलावादी पार्टीको परिकल्पना गरेकी हुन्।

कोटेश्वरपछि आलोकनगरमा बसेको सचिवालय बैठकमा पनि मन्त्री फिर्ताको निर्णयलाई लिएर नेताहरुबीच विवाद भएको थियो। यही विवादबीच झाँक्रीले बिहीबार साँझ महिलावादी पार्टीको बहस सुरु गरेकी हुन्। झाँक्रीले फिलिपिन्सको ‘द ग्याब्रिएला वुमेन्स पार्टी’को उदाहरण दिएर नेपालमा पनि त्यस्तै पार्टीको जरुरी रहेको तर्क गरेकी छन्।

‘नेपालमा पनि त्यस्तै पार्टी जरुरी छ। यसमा बहस र प्रतिक्रिया जनाउनुहोस्,’ उनले अंग्रेजी भाषा प्रयोग गर्दै भनेकी छन्। उनले उक्त ट्विटमा ‘द ग्याब्रिएला वुमन्स पार्टी’ को व्याख्या पनि गरेकी छन्।

झाँक्रीले ग्याब्रिएला फिलिपिन्सको एउटा प्रगतिशील राजनीतिक पार्टी भएको बताउँदै जसले महिलाको विषय र संसदमा महिलाको प्रतिनिधित्वबारे वकालत गर्ने उनले दाबी गरेकी छन्।

आलोकनगरबाट झाँक्री एक विकास योजना शिलान्यासका लागि टेकु गएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार