बाल यौन दुर्व्यवहार : छात्रालाई बोकेर वार्डेनले सोध्थे– ‘कति केजी छौ ?’

banner

ramji_basnet_3-10_2079-_ovmxb3xqit

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ स्थित जोरपाटी बाहुनधारामा रहेको सर्वनाम शिक्षालयका छात्रावास प्रमुख (वार्डेन) रामजी बस्नेत थुनामा छन् । शिक्षालयमा अध्ययनरत ३ जना छात्रामाथि उनले यौन दुर्व्यवहार गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा प्रहरी वृत बौद्धले बस्नेतलाई जेठ २१ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसे घर भएका बस्नेत दुई वर्षदेखि सो स्कुलको छात्रावास प्रमुख थिए ।

उनीविरुद्ध कक्षा ७ मा अध्ययनरत ११ वर्षीया, कक्षा ८ मा अध्ययनरत १२ वर्षीया र कक्षा १० मा अध्ययनरत १४ वर्षीया किशोरीले यौन दुर्व्यवहार गरेको आरोपमा जाहेरी दिएका छन् । करिब ६ महिनादेखि वार्डेनले आफ्ना संवेदनशिल अंगहरूमा छुने र सुम्सुम्याउने गरेको किशोरीहरुले प्रहरीलाई बताएका छन् । छात्राहरुले अभिभावकलाई भनेपछि घटना बाहिरिएको थियो ।

होस्टल वार्डेन बस्नेतले छात्रालाई बोक्थे, उचाल्थे । अनि, सोध्थे–कत्ति केजी छौ ?’ बस्नेतलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । उनीविरुद्ध प्रहरीले ‘बाल यौन दुरुपयोग गर्न नहुने कसुर’मा मुद्दा चलाएको छ ।

यसअघि सेन्ट लरेन्स कलेजमा यौन दुव्र्यहार गरेको आरोप लागेका दुईजना शिक्षकलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार