भोलि बेलुकी नयाँ मन्त्री आउँछन् : राजेन्द्र पाण्डे

banner

rajendra-pandey-claims-to-be-chief-minister-of-bagmati-1200x900

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले शनिबार बेलुकीसम्ममा नयाँ मन्त्रीहरुको सपथ हुने बताएका छन् ।

पार्टी कार्यालयमा पत्रकारसित कुरा गदै उनले भने, ‘फिर्ता हुने नहुने भोलि बेलुकीसम्म थाहा पाउनुहुन्छ’, उनले भने , ‘यी साथीहरु जान्छन्, अर्को लट आउँछ ।’

एकीकृत समाजवादीले २२ जेठमा चार मन्त्री (रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठ)लाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

उनीहरुसँगै सरकारमा गएका स्वास्थ्यराज्यमन्त्री भवानी खापुङलाई भने मन्त्री बनाउने सिफारिस गरिएको छ । यस्तै मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्त्री र हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय भएको थियो ।

मन्त्री फेर्ने भनेपछि एकीकृत समाजवादीमा विवाद बढेको छ । १० सांसदले मन्त्री हेरफेरको निर्णयविरुद्ध पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए ।

नेता पाण्डेले बजेटबारे छलफल चलिरहेको बेला मन्त्री फेर्ने भनी गरेको निर्णय अपरिपक्क भएकाले सामान्य विवाद आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार