ओस्लोको नाइटक्लबमा गोली चल्यो, २ जनाको मृत्यु

अन्तराष्ट्रिय

20211632317_goli-prahar_%e0%a4%97%e0%a5%8b%e0%a4%b2%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%be%e0%a4%b0

एजेन्सी । नर्वेको राजधानी ओस्लोको एक नाइटक्लबमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु हुनुको साथै १० जना घाइते भएको नर्वे प्रहरीले जनाएको छ । सार्वजनिक प्रसारक एनआरके र अन्य स्थानीय सञ्चार माध्यमले गोलीबारी एउटा लोकप्रिय समलैंगिक बार लन्डन पबमा भएको जनाएको छ ।

प्रहरीले संदिग्धलाई पक्राउ गरेको छ । आक्रमणको उद्देश्य के थियो भन्ने तत्काल खुल्न सकेको छैन ।

ओस्लोले शनिबार वार्षिक प्राइड परेड आयोजना गर्ने कार्यक्रम छ । ‘दुई जनाको मृत्यु भएको पुष्टि भएको छ’, ओस्लो प्रहरी विभागले ट्वीटमा भनेको छ ।

गोली लागेर तीन जना गम्भीर घाइते भएका पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार