अमेरिकी अदालतको फैसलालाई बेलायतले दियो पश्चगामीको संज्ञा

अन्तराष्ट्रिय

america_gmslg3qvfw

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार अमेरिकी सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी गरेको फैसलालाई ‘पछाडितर्फ ठूलो कदम’ भनेका छन् ।

रुवान्डाको राजधानी किगालीमा कमनवेल्थ सरकार प्रमुखहरूको बैठकका क्रममा जोनसनले अमेरिकी सर्वोच्च अदालतको फैसलाले ‘विश्वभरका मानिसहरूको सोचमा ठूलो प्रभाव पारेको’ बताए ।

‘मलाई लाग्छ कि यो पछाडितर्फ ठूलो कदम हो । म सधैं महिलाको छनौट गर्ने अधिकारमा विश्वास गर्छु । म त्यो दृष्टिकोणमा अडिग छु । तसर्थ, बेलायतमा कानुन छ ’, उनले भने ।

अमेरिकी सर्वोच्च अदालतले एउटा महत्वपूर्ण फैसलामा शुक्रबार देशव्यापी रूपमा गर्भपतनलाई वैद्य हुने ५० वर्षअघिको एउटा आदेशलाई उल्ट्याइदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार