कोलम्बियामा करिब १० हजार फिटको गहिराइमा तेल फेला

अन्तराष्ट्रिय

kolambiya

एजेन्सी । ओएनजीसी विदेश लिमिटेडले भर्खरै कोलम्बियामा तेल पत्ता लगाएको छ। यो खोज सीपीओ–५ ब्लक लिआनोस बेसिनमा ड्रिल गरिएको इनार युरेका-IX मा भएको हो।

अप्रिल २० मा करिब ११ हजार फिटको गहिराइमा ड्रिलिङ गरिएको थियो, जसमा करिब १० हजार फिट गहिराइमा १७ फिट बाक्लो तेल भरिएको बालुवा भेटिएको थियो । मिरोडोरमा तेलको खोजले ब्लकको उत्तरी भागमा थप अन्वेषणको लागि नयाँ क्षेत्रहरू खोलेको छ।

ओएनजीसी विदेशले यसअघि २०१७ र २०१८ मा मारिपोसा र इन्डको क्षेत्रमा तेलको अन्वेषण गरिसकेको छ। जहाँबाट दैनिक २० हजार बीबीएल तेल उत्पादन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार