मन्त्री हेरफेर नगरिँदा एकीकृत समाजवादी रुष्ट– अपमान भयो

राजनीति

dfmg1656146482

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय कार्यान्वयन नगरिएकोप्रति रुष्ट बनेको छ । पार्टीको अपमान भएको निष्कर्ष निकालिएको छ ।

शनिबार काठमाडौंमा बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको चौथो बैठकले तत्काल निर्णय कार्यान्वन गर्नुपर्नेमा जोड दिएको छ । पार्टीको निर्णयलाई कदर गर्नुपर्ने बैठकको निष्कर्ष छ ।

“मन्त्री फेर्न आजसम्म हामीले जति प्रधानमन्त्रीलाई पर्खियौँ, प्रचण्डलाई पर्खियौँ, अब पर्खिने छैनौँ । तत्काल हाम्रा काम पूरा गर्नुहोस्, मन्त्री हेरफेर गर्न कुनै सर्त काम लाग्दैन,” बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले भने ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई अप्ठ्यारो पार्न खोजेजस्तो देखिएको उनको भनाइ छ ।

“पार्टीको निर्णयलाई कदर गर्नुहोस् । अब पनि ढिला गर्नुभयो भने तपाईंले हामीलाई गरेको अपमान सम्झिनेछौँ,” उनले भने, “तपाईंहरू आन्तरिक तनाव कम गर्न खोज्दा, खेल्न खोज्दा हामीलाई अप्ठ्यारो पार्न खोजेको जस्तो देखिन्छ ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार