चारजना मन्त्रीले गरे समाजवादीको बैठक बहिस्कार

banner

mantri

काठमाडौं । मन्त्री फेर्ने निर्णयलाई लिएर जेठदेखि सुरु एकीकृत समाजवादीभित्रको विवाद शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा पनि देखियो। जेठ २२ गते बसेको सचिवालय बैठकबाट हटाउने निर्णय गरिएका चारजना मन्त्री शनिबारको केन्द्रीय कमिटी बैठकमा सहभागी भएनन्।

यसरी बैठकमा सहभागी नहुनेहरुमा शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आले छन्। मन्त्री आले पार्टी अध्यक्षविरुद्ध १० सांसदले गरेको हस्ताक्षरबाट पछि हटेर पनि शनिबारको पार्टी बैठकमा गएनन्।

शुक्रबारको पोलिटब्युरो बैठकमा सहभागी भएका उनी र अध्यक्ष माधव नेपालबीच मन्त्री फेर्ने निर्णयलाई लिएर चर्काचर्की परेको थियो। त्यसपछि उनी शुक्रबार आलोकनगरबाट झ्वाँक्किँदै निस्किएका थिए। यद्यपि उनले त्यहाँ पार्टी निर्णयलाई ७२ घण्टाभित्र कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको समचार आएको थियो।

शनिबारको बैठकमा पार्टी निर्णयविरुद्ध हस्ताक्षरमा अडिग रहेका झाँक्री, श्रेष्ठ र खतिवडा पनि सहभागी भएनन्। काठमाडौंमै रहेर पनि बैठकमा सहभागी नभएर उनीहरुले आफ्नो असन्तुष्टि प्रकट गरेका छन्।

केन्द्रीय कमिटी बैठकपछि समाजवादीका प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतविडाले मन्त्रीहरु बैठकमा नआउनुलाई आश्चर्यजनक भनेका छन्।

खतिवडाले चारजना मन्त्रीहरु बैठकमा नआएकोबारे आश्चर्य प्रकट गरे। ुउहाँहरु पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा आउनुपर्ने होु, उनले भने, ुसूचनासहित आज आउन सक्दिन भनेको भए मलाई थाहा भएन। सायद पार्टी अध्यक्षलाई जानकारी होला।ु

समाजवादीको जेठ २२ मा बसेको सचिवालय बैठकले जीवनराम श्रेष्ठ, हिराचन्द्र केसी, मेटमणि चौधरी र गैरसांसद शेरबहादुर कुँवरलाई मन्त्री बनाउने निर्णय गरेको थियो। त्यस्तै स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई बढुवा गर्ने निर्णय लिएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार