अमेरिका ल्यायो बन्दुक हिंसासम्वन्धि नयाँ कानुन, वाइडेनले गरे हस्ताक्षर

अन्तराष्ट्रिय

navbharat-times-4

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार विगत केही दशकदेखि सबैभन्दा महत्त्वपूर्ण मानिएको बन्दुक हिंसा विरोधी विधेयकमा हस्ताक्षर गरेका छन्। उक्त विधेयकलाई डेमोक्रेटिक र रिपब्लिकन दुवै राजनीतिक दलबाट समर्थन प्राप्त भएको थियो ।

टेक्सासको एक प्राथमिक विद्यालयमा बन्दुकधारीले १९ विद्यार्थी र दुई शिक्षकको हत्या गरेपछि सरकारलाई देशमा हतियार खरिदसम्बन्धी कडा कानुन बनाउन दबाब परेको थियो । विद्यालयको घटना लगायतका गोलीकाण्डका हालैका शृङ्खला अघि यस्तो विधेयक अकल्पनीय मानिन्थ्यो।

बाइडेनले भने– केही गर्न दबाब थियो
विधेयकमा हस्ताक्षर गरेपछि बाइडेनले ह्वाइट हाउसलाई भने कि यसले जीवन बचाउनेछ। गोलीकाण्डमा मारिएका परिवारलाई केही गरौँ भन्ने सन्देश थियो । आज हामीले ग¥र्यौं । बिहीबार अमेरिकी संसदको माथिल्लो सदन सिनेट र शुक्रबार तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले उक्त विधेयकलाई अनुमोदन गरेको थियो ।

अब बाइडेनको हस्ताक्षरसँगै विधेयक कानुन बनेको छ। बाइडेनले युरोपमा दुई शिखर सम्मेलनका लागि वाशिंगटन छोड्नु अघि बिलमा हस्ताक्षर गरेका हुन् ।

बन्दुक किन्नेमाथि कडा छानबिन, लाइसेन्स खारेजसम्म हुने
नाबालिग बन्दुक खरिदकर्ताहरूको पृष्ठभूमि जाँचहरू कडा हुनेछन् र राज्यहरूलाई खतरनाक मानिने मानिसहरूबाट हतियार फिर्ता लिन अधिकार दिइनेछ। साथै, विद्यालय सुरक्षा, मानसिक स्वास्थ्य र हिंसा रोकथामका लागि स्थानीय कार्यक्रमहरू लाई रकम उपलब्ध गराइनेछ। अमेरिकालाई हल्लाउने गोलीकाण्डका घटनाहरूको सन्दर्भमा यो कानून अत्यन्त महत्त्वपूर्ण छ।

अमेरिका धेरै आक्रमणबाट स्तब्ध भएको छ
टेक्सासमा भएको घटनाको केही दिनअघि ‘जातीय भावना’ बोकेका १८ वर्षीय गोरा युवाले अमेरिकी सहर बफेलोको एउटा सुपरमार्केटमा गोली चलाएर १० काला मानिसको हत्या गरेका थिए । देशमा बन्दुक हिंसा विरुद्ध विगत केही दशकहरूमा सांसदहरूले उठाएको यो सबैभन्दा ठूलो कदम हो ।

हतियार ऐनमा रिपब्लिकनको विरोथ थियो
रिपब्लिकन पार्टीले वर्षौंदेखि हतियार बिक्रीमा प्रतिबन्ध लगाउने डेमोक्र्याटस्को प्रयासलाई अवरोध गर्दै आएको थियो, तर न्यूयोर्क र टेक्सासमा भएको गोलीकाण्डका कारण डेमोक्र्याटिक पार्टी बाहेक केही रिपब्लिकन सांसदहरूले पनि सांसदमा यसर वारे बोलेका थिए । उनीहरूले अब अति भएको बताएका थिए । दुई साता लामो वार्तापछि दुवै दलका सांसदहरुको समूह बन्दुक हिंसा रोक्न विधेयक ल्याउने सहमतिमा पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार