छोड्ने बेला मन्त्री झाँक्रीले भेटिन प्रधानन्यायाधिश, के भए कुराकानी ?

banner

ramkumari-prasab9_y3fmrxeaks

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री र कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीबीच भेटवार्ता भएको छ । कार्कीलाई भेट्न झाँक्री सर्वोच्च पुगेकी थिइन् ।

मन्त्री झाक्रीले भेटका क्रममा आयोजना र विकास निर्माणसँग सम्बन्धित विचाराधीन मुद्दालाई छिटो टुंगो लगाइदिन आग्रह गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

कार्कीले आफूले सम्भव भएसम्म सहयोग गर्ने, छिटो टुंगो लगाउन सकिने रहेछ भने मुद्दा फाँटबाट प्राथमिकता दिएर अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार