पार्टीका नेताको दबावले नराम्रो मान्छे नियुक्त गर्नुपर्‍यो : प्रेम आले

banner

prem-aale

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पार्टीका नेताको ‘प्रेसर’ले नियुक्तिमा नराम्रा मान्छेलाई पनि नियुक्ति दिनु परेको बताएका छन् ।

राजीनामापछि आइतबार पर्यटन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कतिपय काम आफूले चाहेर पनि गर्न नसकेको स्पष्टीकरण दिए ।

उनले भने, ‘पार्टीका नेताको प्रेसरले नराम्रो मान्छे नियुक्ति गर्नुपर्‍यो, विस्तारै सच्याउँदै गएको थिएँ ।’ उनले कसलाई, कुन नेताको दबावमा कहाँ नियुक्त गरिएको हो भन्ने खुलाएनन् ।

उनले नेपाल वायुसेवा निगममा युवराज अधिकारीलाई नियुक्त गरेका थिए । आलेले अश्लिल गाली गलौज गरेको अडियो सार्वजनिक भएपछि अधिकारीलाई सरकारले निलम्बन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार