टेक्सासमा लरीभित्र ४० जना आप्रवासी मृत भेटिए

अन्तराष्ट्रिय

death-body-america

एजेन्सी । अमेरिकाको टेक्सासमा एक ठूलो ट्रक ९लरी० भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

स्थानीय एक टेलिभिजन च्यानलका अनुसार लरी भित्र फेला परेका १६ जनालाई विभिन्न अस्पतालमा लगिएको छ । टेक्सासको सान एन्टोनियो भन्ने स्थानको दक्षिण पश्चिम क्षेत्रको रेलको लिक नजिक फेला परेको लरीभित्र शव भेटिएको बीबीसीले जनाएको छ । उनीहरु कुन देशका नागरिक हुन् र उनीहरुको मृत्यु कसरी भयो भन्ने एकीन भएको छैन ।

सामाजिक सन्जालमा शेयर गरिएको घटनास्थलको तस्वीरमा प्रहरीसहित लरी वरपर आपतकालीन सेवाका सदस्यहरु देखिन्छन् । सो लरीका चालक फेला परेका छैन् । न्यूयोर्क टाइम्सका अनुसार प्रहरीले चालकको खोजी गरिरहेको छ ।

घटनास्थल अमेरिका–मेक्सिको सिमानाभन्दा करिब २५० किलोमिटर टाढा पर्दछ । टेक्सासका गभर्नर ग्रेग अबोटले खुला सिमानाको घातक नीतिका कारण यो घटना भएको भन्दै राष्ट्रपति जो बाइडनको आलोचना गरेका छन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार