सुत्केरी भएकी पत्नीलाई जबर्जस्ती करणी ! पीडक डाक्टर पति धरौटीमा रिहा

banner

rape-domestic-voilence-hinsa_hfyc9oznda

मोरङ । मोरङ जिल्ला अदालतले वैवाहिक जबर्जस्ती करणी मुद्दामा आरोपित श्रीमानलाई ३ लाख नगद धरौटी राखी तारेखमा थुनामुक्त गर्न आदेश दिएको छ । नोबेल अस्पतालमा कार्यरत एक डाक्टरविरुद्ध उनकै श्रीमतीले जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन् । सोही मुद्दामा मोरङ जिल्ला अदालतका न्यायाधीश रोशनकुमार भट्टराईको इजलासले आरोपित श्रीमानलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार धरौटीमा छाड्न आदेश दिएको हो ।

आदेशमा ‘अनुसन्धानका क्रममा संकलित सवुद प्रमाणबाट यी प्रतिवादीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नु पर्नेसम्मको विद्यमान अवस्था हाल नदेखिएकाले पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी मुलुकी फैजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७२ समेतलाई दृष्टिगत गरी सोही संहिताको दफा ६८ बमोजिम नीज प्रतिवादी सांकेतिक नाम विराटनगर ५१६ (ग)बाट तीन लाख नगद वा सो बराबरको जेथा वा बैंक जमानत दिए लिई तारिखमा राखि दिन’ उल्लेख छ ।

उक्त मुद्दाको अन्तिम सुनुवाई हुन बाँकी छ । सो मुद्दामा वादीको तर्फबाट बकपत्र समेत भइसकेको छ । अदालतको आदेशपछि आरोपित डाक्टर अहिले थुनामुक्त भएका छन् । उनी थुनामुक्त भएपछि आफूलाई धाकधम्की र मार्ने प्रयास भइरहेको पीडित महिलाले बताएकी छन् ।

१८ दिनको सुत्केरी हुँदा घर निकाला, सुत्केरी अवस्थामै जबर्जस्ती करणी
अभियोगपत्रमा महिलाले आफूलाई चरम हिंसाजन्य व्यवहार गरी ससुरा, सासु र पतिले १८ दिनको सुत्केरी अवस्थामा घर निकाला गरेको बताएकी छन् । उनले बच्चा ५ महिनाको भएपछि घर निकालाबारे छलफल चलाउँदा डेरा गरी राख्न मञ्जुर भएको उल्लेख गरेकी छन् । यद्यपि घटनास्थल विराटनगर–३ ढाट पूर्वमा राखे पनि आफूलाई बन्दीसरह बनाई मोबाइल खोसी घरकोठा बन्द गराई घरबाट निक्लन समेत नदिइ कुटपिट गर्दै राख्ने गरेको र सोही क्रममा आफूलाई जबर्जस्ती करणी गरेको उनले बताएकी छन् ।

‘मेरो अप्रेशनद्वारा बच्चाको जन्म भएको हुँदा म करणीयोग्य भएको थिइनँ । विपक्षीले यस्तो अवस्थामा पनि जबर्जस्ती करणी गर्ने गर्नुहुन्थ्यो र मलाई अप्राकृतिक मैथुनसमेत गर्ने गर्नुभएको थियो,’ जाहेरीको व्यहोरामा उल्लेख छ, ‘यस्तैमा विपक्षीले मिति २०७९÷०१÷१८ गते राति अन्दाजी २३ः३० बजे मलाई आफ्नो घर कोठामा समाती कुटपिट गर्दै जबर्जस्ती लडाई पटक–पटक करणी गर्नुभयो । सो घटनाबाट मेरो शरीर, टाउको तथा स्तनमा समेत चोट लाग्न पुगेको छ ।’

उनले आफूलाई चोट लागेको र नोबेल अस्पतालमा उपचार गराएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार