गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौं अस्ट्रेलियाली सडकमा

अन्तराष्ट्रिय

abortiontexasreuters_pedjbdijyy

एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले महिलाको गर्भपतनको संवैधानिक अधिकार खारेज गरेको विरोधमा हजारौं अस्ट्रेलियालीहरू देशभर विरोध प्रदर्शनमा उत्रिएका छन् ।

सर्वोच्च अदालतले गत साता एतिहासिक १९७३ को रो भी वेड निर्णयलाई उल्ट्याउँदै गर्भपतन प्रतिबन्ध गर्ने अधिकार राज्यहरुलाई पुनस्र्थापना गरिदिएको थियो ।

अष्ट्रेलियाको सबैभन्दा ठूलो ¥यालीमा करिब १५ हजार महिला र पुरुषले मेलबर्नमा प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले ‘मैले हजुरआमाबाट यो चिन्ह लिएको छु’ र ‘सबैले शारीरिक स्वायत्तताको अधिकारका हकदार छन्’ जस्ता प्लेकार्ड बोकेका थिए ।

अमेरिकामा जस्तै अष्ट्रेलियामा पनि गर्भपतनसम्बन्धी कानुन राज्यहरु नै तय गर्छन् । देशको सबैभन्दा बढी जनसंख्या भएको न्यु साउथ वेल्सले सन् २०१९ मा गर्भपतनलाई वैधानिकता दिएको छ । न्यु साउद वेल्स गर्भपतनलाई अधिकार दिने अष्ट्रेलियाको अन्तिम राज्य हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार