गठ्ठाघरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्‍यु

banner

accideng-accident-400x220

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा सवारी दुर्घटनामा एक जनाको मृत्‍यु भएको छ ।

मंगलबार दिउँसो १ बजे भक्तपुर मध्यपुर थिमी नगरपालिका(३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि बस र स्कुटी दुर्घटना हुँदा युवतीको मृत्‍यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी प्रवक्ता लोकबहादुर जीसीले बताए ।

प्रहरी प्रवक्ता जीसीका अनुसार मृत्‍यु हुनेमा रामेछाप घर भई काठमाडौंको जडिबुटीस्थित बर्गर हाउसमा कार्यरत २४ वर्षीया रेजिना तामाङ रहेकी छिन् ।

यस्तै स्कुटी चालक रामेछापको दोरम्बा गाउँपालिका(५ घर भई जडिबुटीमा बस्‍ने १८ वर्षीय सिद्धार्थ मगर भने घाइते भएका छन् । उनको उपचार भक्तपुर ईन्टरनेशनल अस्पताल कौशलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक काभ्रेपलान्चोक तिमाल गाउँपालिका (५ नारायणस्थान बस्ने ५० वर्षीय पोते तामाङलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार