नेपालमै किन छापिदैन नेपाली नोट ?

banner

not

काठमाडौं । नेपालमा चलनचल्तीका सिक्का छापिन छोडेको १२ वर्ष बढी भइसकेको छ। यसअघि सिक्का छाप्दै आएको राष्ट्र बैंकको टक्सार विभागले अहिले असर्फी, स्मारिका सिक्का र पदकहरू मात्रै बनाउने गरेको छ ।

‘हाम्रोमा मेसिनहरू पुराना भए। सबै सामग्री बाहिरबाट आयात गरेर यहाँ छाप्नभन्दा प्रतिस्पर्धाबाट छनौट गरिएको मुद्रकबाट बाहिरै छाप्दा सस्तो पर्ने निष्कर्ष निकालेर बाहिर छाप्न थालिएको हो,’ मुद्रा व्यवस्थापन विभाग प्रमुख नेपालले भने ।

राष्ट्र बैंकले एक समय रु २५ र रु २५० दलका नोटहरू प्रकाशित गरे पनि पछि ती दरका नोटहरूको छपाइ बन्द गरेको थियो । एक र दुई रुपैयाँ दरका नोटहरू पनि आठ वर्षअघि छापिन बन्द भएको हो ।

कहाँ छापिन्छ नेपालको नोट ?
नेपालमा चलाइने सात प्रकारका नोटमध्ये पाँच प्रकारका नोट पछिल्लो समय चीनमा छापिएका छन् । राष्ट्र बैंकले करिब नौ वर्षयता चीनमा पनि मुद्राको छपाइ सुरु गरेको हो । अहिले रु ५० र रु १०० बाहेक सबै दरका नोटहरू चीनको चाइना बैकले नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले छाप्दै आएको छ । रु ५० का नोट फ्रान्समा र रु १०० का नोट भने यूकेमा छापिँदै आएका छन् ।

‘नोटहरू चाइनामा इन्डोनेशियामा वा एसियाली मुलुकहरूमा छाप्न सकियो भने यसको लागत कम पर्छ किनभने यहाँ कामदारको खर्च कम छ,’ विभाग प्रमुख नेपालले भने । ‘उनीहरूको चाप अनुसार खाली भएको समयमा कममा छाप्ने प्रस्ताव गर्छन् । युरोप, अमेरिका वा बेलायतमा पर्‍यो भने यसको लागत अलिकति बढेर जान्छ ।’

राष्ट्र बैकले यसअघि करिब पाँच करोड थान पोलिमर नोट अस्ट्रेलियामा छपाइ गरे पनि उक्त निर्णय विवादित भएको थियो ।

नोट छाप्न कति खर्च
राष्ट्र बंकका अनुसार पाँच रुपैयाँको नोट छाप्न रु १.६८, १० रुपैयाँको छाप्न रु १.४० र २० रुपैयाँको छाप्न रु १.७३ खर्च लाग्ने गरेको छ । पचास रुपैयाँको एउटा नोट छाप्न रु २.६७ पैसा र १०० को नोट छाप्न रु २.९९ खर्च लाग्छ । पछिल्लो पटक राष्ट्र बंकलाई रु हजार भन्दा ५०० दरका नोटको छपाइ महँगो परेको छ।

रु हजारको नोट छाप्न रु ३.३७ र ५०० रुपैयाँको एउटा नोट छाप्न रु ४.६८ लागत छ । नेपालका अनुसार ५०० को नोटमा थप सुरक्षा विशेषता रहेका कारण पनि महँगो भएको हो । ‘यसको पछाडि दुई वटा कारणहरू छन् । एउटा सुरक्षा विशेषता ५०० को नोटमा बढी भएर पनि हो अर्को बोलकबोल प्रतिस्पर्धा हुँदा यो नोट छाप्न सस्तो प्रस्ताव आएन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार