दुवै देशका विदेशमन्त्रीको भेट : अमेरिका र चीन सहकार्य अघि वढ्ने

अन्तराष्ट्रिय

america-chine_23s522gwft

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री वाङ यीले सँगसँगै काम गर्ने आशा व्यक्त गरेका छन् । शनिबार इन्डोनेसियामा आयोजित एउटा दुर्लभ वार्तापछि दुबै देशका विदेशमन्त्रीले यस्तो आशा व्यक्त गरेका हुन् ।

दुबै नेताले पुनः वार्ता गर्न आफूहरु उत्सुक रहेको बताएका छन् ।

‘ हामी सृजनशिल र रचनात्मक वार्तालापको लागि धेरै उत्सुक छौं’, अमेरिकी विदेशमन्त्री ब्लिन्केनले भने । उक्त अवसरमा विदेशमन्त्री वाङले राष्ट्रपति चीनका राष्ट्रपति सी जिनपिङले विश्वका दुई ठूला आर्थिक शक्तिहरूबीचको सहकार्य र आपसी सम्मानमा विश्वास गरेको बताएका थिए ।
‘चीन र अमेरिका दुई ठूला देश हुन् । तसर्थ, दुई देशले सामान्य आदानप्रदान कायम गर्न आवश्यक छ’ विदेशमन्त्री वाङले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार