शिन्जो आबेका आक्रमणकारीले बन्दुक बनाउँदा जाँच गरेका थिए युट्युबः प्रहरी

अन्तराष्ट्रिय

sinzo-jpg

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्याबारे गरिएको अनुसन्धानले आक्रमणकारीले आक्रमणमा प्रयोग गरिएको बन्दुक बनाउँदा युट्युब जाँच गरेको खुलासा गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जापान टाइम्सका अनुसार आक्रमणकारी तेत्सुया यामागामीले आफूलाई रिस उठेको धार्मिक समूहमा आबद्ध एउटा स्थानमा घरेलु बन्दुकको परीक्षण गरेको थिए ।
आफ्नी आमाले उक्त संस्थालाई ‘ठूलो दान’ दिएको यामागामीले बताएका छन् । सिन्जो आबे पनि सोही संस्थामा आबद्ध रहेको आक्रमणकारीको विश्वास छ ।

शिन्जो आबेको हत्यापछि पुलिसले यामागामीको घरमा विस्फोटक पदार्थ र धेरै घरेलु बन्दुकहरू फेला पारेको थिगयो । फेला परेकामध्ये एउटा हतियार सिन्जो आबेको हत्या गर्न प्रयोग गरिएको थियो ।

आक्रमणकारीले बन्दुक बनाउने प्रयासमा बारम्बार युट्युब जाँच गरेको देखिएको नारा प्रिफेक्चर प्रहरीलाई उद्धृत गर्दै जापान टाइम्सले रिपोर्ट गरेको छ ।
शिन्जो आबेलाई गोली हान्नको लागि यामागामीले बनाएको बन्दुक यामागामी एक पटकमा ६ वटा क्षेप्यास्त्र प्रहार गर्न डिजाइन गरिएको विवरणहरूमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार