प्रधानमन्त्रीकै दबाबमा अमेरिकालाई एसपीपीबारे पत्र नपठाइएको खुलासा

banner

deuba_d7w10brfoj

काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी०मा सहभागी नहुने बारे हालसम्म कुनै पनि निर्णय नपठाएको प्रष्ट पारेको छ ।

सरकारले आफ्नै एक महिना अघिको प्रतिबद्धताअनुरुप एसपीपीमा नेपाल सहभागी नहुने निर्णय पठाउन आलटाल गरेको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले एसपीपीमा सहभागी नहुने सरकारले गरेको निर्णयको पत्र नपठाइएको बताइन् । उनका अनुसार ुसरकारको निर्णय कसरी गर्ने रुु भन्ने विषयमा छलफल भइरहेको छ ।

तर प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँगको सम्बन्ध बिग्रने भएका कारण ुअहिले पत्र नपठाउनु दवाव दिएको परराष्ट्रका एक अधिकारीले खुलासा गरेको समाचार आजको राजधानीदैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार