पाल्पामा बस दुर्घटना : ६ जनाको मृत्यु

banner

palpa-accident-1024x622

पाल्पा । पाल्पामा बस दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस आइतबार साँझ पाल्पाको लघुवामा सडकबाट तल खसेको हो ।

मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेको पाल्पाका एसपी जनकबहादुर शाहीले जानकारी दिए । १७ जना घाइतेलाई उद्धार गरी तानसेन पठाइएको छ । प्रहरी स्थानीयले उद्धारको काम गरिरहेका छन् । मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार