नोकरको प्रेममा परेकी महिलाको कथा, मालिक्नीले ‘आइ लभ यु’ भन्दा नोकर बेहोस !

अन्तराष्ट्रिय

एजेन्सी । प्रेमको सबैभन्दा सुन्दर पक्ष भनेको उसको आँखा हुँदैन, भेदभाव गर्दैन, उचनिच देख्दैन । सबै दूरी मेटिन्छ र मायामा परेका दुबै जना एउटै स्तरमा हुन्छन् र दुबैले एकअर्कालाई उस्तै व्यवहार गर्छन्, तब सम्बन्ध मक्खन जस्तै हुन्छ । लभ गुरुवाला ज्ञान त हामीले खुब सुनेका छौं ,अब कुरा गरौं पाकिस्तानको एक प्रेम कथा । जहाँ एउटी घरधनीले आफ्नो नोकरलाई माया गरिन् । प्रेममा परेपछि उनले विवाह पनि गरिन् । उनीहरुको प्रेमकथा यस्तो छ ः –

१८ हजार रुपैयाँ तलबमा राखिएको थियो
यो कथाको एउटा पुरानो भिडियो भाइरल भइरहेको छ । कुरा पाकिस्तानको हो । जहाँ एकजना घरधनी महिलाले १८ हजार तलबमा घरमा नोकर राखेकी थिइन् । त्यसपछि के हुन्छ भने उनलाई सेवकको व्यवहार एकदमै मनपर्छ। दुवै प्रेममा पर्छन्। युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा महिला र उनका पतिले आफ्नो प्रेमकथा सेयर गरेका छन् ।

उनी एक्लै बस्थिन

उनले युट्युबर सैयद बासीद अलीलाई आफ्नो अन्तर्वार्ता दिएकी हुन्। जसमा नाजियाले आफू घरमा एक्लै बस्ने गरेको बताएकी छिन् । उनीहरुका अभिभावक पनि छैनन् । उनलाई घरको काम गर्न नोकर चाहिएको थियो । त्यस्तैमा सुफयान उनीकहाँ आए, वरपरका मानिसहरूले उनको प्रशंसा गरे । नाजियाले उनलाई मासिक १८ हजारमा काममा राखिन् ।

‘मालिक्नीले आइ लभ यु’ भन्दा नोकर बेहोस
यस भिडियोमा नाजियाले सुफियानलाई प्रपोज गर्दा ‘आइ लभ यु’ भनेको सुन्नासाथ बेहोस भएका थिए । उनले अन्तर्वार्तामा भनेका थिए –जब सुफियान होशमा आए, उनी उठे र भने ‘आई लभ यु टु ।’ नजिया इस्लामाबादकी बासिन्दा हुन् ।

सरलतामा मन पर्यो

नाजियाले सुफियानसँग समय बिताउदै गर्दा उनको बानी निकै पराउन थालिन । उसको व्यवहार र सोच निकै मन पर्यो । उसलाई मुटु दिइन् । सुफियानले सबैलाई इज्जत गर्छन्, कसैलाई पनि गलत नजरले नहेर्ने उनी बताउँछिन् ।

सुफियानले उनको धेरै ख्याल राखेको उनी बताउँछिन्। उनीहरू औषधि ल्याउँछन्, एकअर्कालाई मद्दत गर्छन् र आफूभन्दा बढी एकअर्कालाई माया गर्छन्।

म सबथोक दिन तयार छु
अन्तर्वार्ताको बीचमा, युट्युबरले नाजियाले सुफियानको नाममा लाखौं र करोडौंको घर दिन सक्छिन् ? भनेर सोध्छन् । त्यस प्रश्नमा उनी भन्छिन् घरको के कुरा ? उनको नाममा सारा जीवननै अर्पण गरेकी छु । उनीहरुको सम्बन्धलाई लिएर मानिसहरुले जिस्काउने गरे पनि मन नमान्ने बताइन् । दुबै एकअर्कासँग हुन चाहन्छन् र बाँचिरहेका छन् उनीहरू दुनियाँका खराब टिप्पणीको वास्ता गर्दैनन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार