ताइपेईमा तनाव, २१ चिनियाँ लडाकु जेट ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश

banner

taiwan_dbpkd8kxb3

एजेन्सी । २० भन्दा बढी चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा उडेका ताइपेईका अधिकारीहरूले बताएका छन् । अमेरिकी सभाकी सभामुख न्यान्सी पेलोसी स्वायत्त टापुको विवादास्पद भ्रमण सुरु गरेपछि ताइवानको वायु रक्षा क्षेत्रमा चिनियाा सैन्य विमान उडेको ताइवानका अधिकारीहरुले बताएका छन् ।

टापुको रक्षा मन्त्रालयले ट्वीटरमा जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ, ‘ओटा २१ ओटा चिनियाा जनसेनका विमान ताइवानको दक्षिणपश्चिम एडीआईजेड २ अगस्टमा प्रवेश गरेका छन् ।’

सभामुख पेलोसी मंगलबार साँझ ताइवान पुगेकी थिइन् ।

चिनियाँ सेनाले ‘लक्षित सैन्य कारबाही’ सुरु गर्ने चेतावनी दिँदै आएको छ । दशकौँपछि अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेका हुन् ।

चीनको कडा विरोधबीच पेलोसी एसिया भ्रमणका क्रममा ताइवान पुगेकी थिइन् ।
चीनले अमेरिकालाई ‘आगोसँग खेलिरहेको’ चेतावनी दिएको छ ।

ताइवानको सम्भावित भ्रमणलाई लिएर चीनले अमेरिकाको विरोध गर्दै आएको थियो । एसिया भ्रमणको क्रममा सभामुख पेलोसिले ताइवान जाने अमेरिकी विदेश मन्त्रालयले केही उल्लेख गरेको थिएन् । पेलोसीले बुधवार बिहान ताइवानका राष्ट्रपति साई इङ्ग–वेनलाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार