महोत्तरी माओवादीमा पहिरो, ३ मधेस प्रदेश सदस्यसहित दुई दर्जन जिल्ला सदस्य एमाले प्रवेश

banner

299605483_396293219262861_7398554641397247781_n

काठमाडौं । नेकपा (माओवादी केन्द्र) मधेस प्रदेशका ३ सदस्यसहित दुई दर्जन कार्यकर्ता नेकपा (एमाले) प्रवेश गर्नु भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँहरूलाई एमालेमा स्वागत गर्नु भएको हो । नवप्रवेशीलाई एमाले महासचिव शंकर पोखरेलले टिका तथा अध्यक्ष ओलीले खाँदा लगाईदिनु भएको थियो ।

कार्यक्रममा अध्यक्ष ओलीले एमाले समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानको एक अविचलित यात्री भएको बताउँनु हुँदै एमालेको राजनीति चुनावदेखि चुनावसम्मको होइन समाज परिवर्तनको अभिष्ट भएको बताउनुभयो । तराई, पहाड, हिमाल जहाँ बसे पनि हामी नेपाली हौं भन्ने भावनालाई आत्मसात गर्दै जात, भाषा, धर्मलगायतकाबीच विद्वेश फैलाई समाजलाई आपसमा लडाउनेका विरुद्ध अविचलित उभिएको पार्टी एक मात्र एमाले भएको उहाँको दावी थियो ।

yemale-1

संविधानमा लेखिएकाले होइन एमालेको नीति, विचार सिद्धान्त नै समाजवाद भएकाले संविधानमा समाजवाद लेखिएको दृष्टान्त दिर्दै अध्यक्ष ओलीले भन्नुभयो संविधान एक किसिमको सम्झौताको दस्तावेज पनि भएकाले हामीले चाहेजस्तो अझै कुरा छुटेको बताउँनुभयो ।

नवप्रवेशीका तर्फबाट माओवादीका मधेस प्रदेश सदस्य शंकर महतोले अरु पार्टी व्यत्तिगत स्वार्थका खातिर देश, जनता, सिद्धान्त सबै भाँडमा जाओस भन्ने प्रवृतिका देखिएको र एमाले मात्र देशको स्वाभिमान, स्वतन्त्रता, अखण्डताका पक्षमा अविचलित उभिएकाले आफूहरूले अबको यात्रा यसैलाई बलियो बनाउने रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

एमालेका श्रद्येय अध्यक्ष केपी ओलीले नै नेपालको गुमेको भूभाग नेपालको नक्सामा समेट्ने कामको नेतृत्व गर्नुभएको, नाकाबन्दीको बेला नेपाली शिर झुक्न नदिई भारतलाई नाकाबन्दी खोल्न वाध्य पारेको कुरा दिउसोको घाम झैं छर्लङ्ग भएको उहाँले बताउनुभयो । महातोले माओवादीभित्र केही समयदेखि उकुसमुकुसको वातारणमा बाँचिरहेकामा आजदेखि ढुक्क भएको र एउटा मार्क्सवादी, राष्ट्रवादी पार्टीको कार्यकर्ता बन्न पाएकामा गर्व महसुश भएको बताउनुभयो ।

mahottari-maobadi

नव प्रवेशीहरूमा महतोलगायत सो पार्टीका मधेस प्रदेश सदस्यहरू रोशन गौतम, अंजित कुशवाहा र जिल्ला सदस्यहरू उमेश महतो, दीपबहादुर कार्की, मनोजकुमार थापा, मनोजकुमार कुशवाहा, ललित सिंह, निरज अधिकारी, अशोक महतोहृदयसिंह कुहवाहा रहेका छन् ।

त्यसैगरी नवप्रवेशी माओवादी जिल्ला सदस्यहरूमा जयप्रकाशसिंह कुशवाहा,राजेश्वर सिंह कुशवाहा, राम विनय साह, मनोज महतो, लक्ष्मी ठाकुर रहेका छन् त्यसैगरी बर्दिवास नगरसमिति सदस्यहरू राजाराम महतो, देवेन्द्रसिह, शिवनारायण यादव, श्यामबाबु साह रहेका छन् । त्यसैगरी जिल्ला सदस्य राजदेवप्रसाद यादव, रामजानकी मण्डल, मोहन यादव, फरमुद्दिन मोमिन र सन्जय महतो रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार