दबाबमा महाभियोग छानबिन समिति

banner

cholendra-shumsher-jb-rana

काठमाडौं । महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग छानबिन थालेको छ । समितिमा सत्तापक्ष र प्रतिपक्ष दुवै का सांसदहरूले छानबिन प्रक्रियालाई चाँडो निष्कर्षमा पु¥याउन जोड दिएका छन् । बुधबार पहिलो बैठक बसेको मितिले तीन महिनासम्म समितिलाई काम गर्ने समय छ तर निर्वाचनको मिति घोषणा भइसकेको र मनोनयनपछि सदन नहुने भएकाले छिटो काम सक्नुपर्ने दबाबमा समिति छ ।

प्रतिनिधि सभाले साउन २२ गते प्रस्ताव समितिमा पठाएको थियो । बैठकमा एमालेका तर्फबाट सदस्य रहेका कृष्णभक्त पोखरेलले चाँडो काम सक्ने गरी कार्यतालिका बनाएर अघि बढ्नुपर्ने बताए ।

पोखरेलले महाभियोगको सूचनापछिका कानुनले तोकेका प्रक्रिया सही रूपमा पालना नभएको बताए । उनले भने “सुरुवातदेखि नै प्रक्रिया सही रूपमा पालना भएको छैन । समयमा समितिले काम पाउन सकेन । अब करिब एक महिनाको अवधि छ । यसमा कसरी टुङ्ग्याउन सकिन्छ कार्यतालिका नै बनाएर अघि बढ्नुपर्ने हुन्छ । समितिको कार्यविधि पनि सोहीअनुसार निर्माण गर्नुपर्छ ।”

पोखरेलले महाभियोगको सूचना दाता नै छानबिन समितिमा रहेका पनि प्रश्न गरे । आफैँ प्रस्तावक रहने र छानबिनमा आफैँ बस्ने गलत हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार