डान्स पार्टीको यसरी बचाउ गरिन फिनल्यान्डकी प्रधानमन्त्रीले

अन्तराष्ट्रिय

sanna-marin

एजेन्सी । यसै साता एउटा पार्टीमा गएर नाचेको भिडियो सार्वजनिक भएपछि विवादित बनेकी फिनल्यान्डकी प्रधानमन्त्रीले आफ्नो बचाउ गरेकी छिन् । भिडियोको आलोचना भएपछि ३६ वर्षीया सान्ना मारिनले आफूसँग निजी जीवनको अधिकार भएको बताएकी छिन् ।

‘म मानिस हुँ । यो कालो बादलबीच म पनि कहिलेकाही आनन्द, खुसीयाली र केहीलेकाही रमाइलो गर्न मन पराउँछु’ राजधानी हेलसिन्कीबाट उत्तरमा रहेको लहिटी सहरमा सोसल डेमोक्रयाटिक पार्टी (एसडीपी) को कार्यक्रममा उनले भनिन् ।

‘यो निजी हो । यो आनन्द र जीवन हो’ उनले भनिन्, ‘तर, मैले एक दिन पनि आफ्नो काम कर्तव्यबाट बिमुख भएकी छैन् ।’ गत साता ‘निकै गा¥हो’ भएको उनले बताइन् ।

‘म विश्वास गर्न चाहन्छु कि मानिसहरूले हामीले हाम्रो फुर्सदको समयमा के गर्छौं भन्दा पनि काममा के गर्छौं भनेर हेर्नेछन्,“ उनले भनिन् ।

एउटा कार्यक्रममा मस्तसँग नाचेको भिडियो सार्वजनिक भएपछि उनले लागूऔषध सेवन गरेको अनुमान गरिएको थियो । त्यसलगत्तै उनले ड्रग टेस्ट परीक्षण गरेकी थिइन् । परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ ।

उनको रिपोर्ट पोजेटिभ आएपछि उनको नाचको नक्कल गर्दै भिडियो सार्वजनिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार