जग्गाको कारोबार ठप्प

banner

jagga_darta_g3y1lrkrwb

काठमाडौं । ललितपुरका विकास केसीले जग्गा बिक्री गरेर पैसाको जोहो गरी छोरालाई क्यानडा पठाउने योजना बनाए । पैतृक सम्पत्तिबाट आफ्नो अंश लिएको जग्गाबाट आएको पैसाले तत्काल समस्या व्यवस्थापन गर्ने सोचले अंशबन्डा गर्ने भनेर मालपोत कार्यालय पुग्दा उनको काम भएन ।

जग्गा वर्गीकरण नहुँदा काम रोकिएको थाहा पाएपछि उनी समस्या लिएर महालक्ष्मी नगरपालिका गए। नगरपालिकाले तत्काल जग्गा वर्गीकरणको काम हुन नसक्ने बताएपछि छोरा विदेश पठाउने उनको योजना तुहियो ।

यो अवस्था महालक्ष्मी नगरपालिकाको मात्र नभई देशभरिको समस्या बनेको छ । त्यसैले केही समय पर्खनुहोस् भन्ने जवाफ पाएर केसीले घर फर्किएको कुरा सुनाए ।

सर्लाहीकी सङ्गीता तामाङलाई अंशबन्डा गर्न नपाउँदा अप्ठेरो परेको छ । उनी गाउँमा भएको पैतृक सम्पत्तिको अंश लिएर उक्त जग्गा बेची काठमाडौँमा घरजग्गा जोड्ने सोचमा छिन् । अंशबन्डा नहुँदा पारिवारिक किचलो सधैँ रहिरहने भएकाले उनले छिटो व्यवहार मिलाउन खोजेकी थिइन् ।

काठमाडौँको सुन्दरीजलमा रहेको उनको माइतीमा पनि अंशबन्डाले घरायसी झमेला भइरहेको छ । पाँच वर्षअघि ठूलोबुवा बिते तर उनको नाममा भएको जग्गा अंशबन्डा भएर भाइहरूका नाममा आइपुगेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार