त्रिविले माग्यो सरकारसँग कडा सुरक्षा, के भयो ? किन मागियो सुरक्षा ? (त्रिविको विज्ञप्तिसहित)

banner

tu

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षा गर्ने भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयललाई नै बन्धक बनाउने गरी तालाबन्दी गर्ने समूहको खोजी गरी त्यस्ता व्यक्तिहरूलाई आवश्यक कारबाही गरी त्रिवि केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षा गर्ने भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको हो ।

केन्द्रीय कार्यालयको मुख्य प्रशासनिक भवनमा गरिएको तालाबन्दी र काम गर्न गरिएको अवरोधको कारणले विश्वविद्यालयका दैनिक कामकारबाही रोकिएको त्रिविले विज्ञप्तिमा उल्लेख गरेको छ ।
विश्वविद्यालयको पदाधिकारी एवं कर्मचारीहरूको भरपर्दो शान्ति सुरक्षाको अभावमा विश्वविद्यालय सञ्चालन गर्न कठिनाई हुने भएकोले शान्ति सुरक्षाको व्यवस्थापन नभएको अवस्थामा विश्वविद्यालयको गरिमा कायम राख्नका लागि विश्वविद्यालयले दुःखद निर्णय लिन बाध्य हुने समेत बताएको छ ।

केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी सङ्घ, कीर्तिपुरका विद्यार्थीको केही समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, विश्वविद्यालयको दैनिक काम कारबाही गर्दा बारम्बार कार्यालयमा जबर्जस्ती प्रवेश गरी अवरोध सिर्जना गर्ने, पदाधिकारीको कार्यकक्षमा जबर्जस्ती प्रवेश गर्ने तथा तोडफोड गर्ने जस्ता कार्यहरू बारम्बार हुने गरेकाले सुरक्षा माग गरिएको त्रिविले जनाएको छ ।

विश्वविद्यालय परिसरमा बसी छलफल गर्न सुरक्षाको दृष्टिले असहज परिस्थिति सिर्जना भई सो बारेमा छलफल तथा विश्वविद्यालयसँग सम्बन्धित विषयमा निर्णय गर्न त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को वैठक कान्तिपथ, जमलस्थित होटल एल्लो प्यागोडामा १० गते बेलकी ४स्३० बजे बस्ने क्रममा त्रि वि कीर्तिपुरमा अध्ययनरत नेपाल विद्यार्थी सङ्घसँग आबद्ध विद्यार्थी हौँ भन्दै १०र१५ जनाको समूह जबर्जस्ती बैठक कक्षमा प्रवेश गरी उपस्थित पदाधिकारी, कार्यकारी परिषद्का सदस्यहरू एवं कर्मचारीबाट कार्यकारी परिषद्का विगतका निर्णय सहितको पुस्तिका एवं अन्य महत्त्वपूर्ण कागजपत्र र फाइलहरू खोस्नेरकब्जा गर्ने, पदाधिकारी तथा कर्मचारीहरूलाई हातपात गर्न खोज्ने आदिजस्ता अभद्र व्यवहार गरी महत्त्वपूर्ण कागजात लुटेका थिए ।

विज्ञप्तिमा भनिएको छ,’ देशको विभिन्न भागमा रहेका विश्वविद्यालयका क्याम्पस कार्यालयहरूको आर्थिक व्यवस्थापन गर्ने र मूल आर्थिक कारोबार हुने त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयको लेखा शाखामा तालाबन्दी भएको कारणले मुलुकभरिका क्याम्पस कार्यालयहरूका शिक्षक कर्मचारीहरूले गत असार महिनादेखि नै तलब पाउन सकेका छैनन् भने निवृत्त भएका शिक्षक तथा कर्मचारीहरू निवृत्तभरण तथा उपदान लगायतका सुविधा पाउनबाट बञ्चित भएका छन् । त्यस्तै विभिन्न निर्माण व्यवसायी एवं विद्युत प्राधिकरण, टेलिफोन तथा खानेपानीको नियमित रूपमा भुक्तानी गर्नुपर्ने रकम समयमा भुक्तानी नगर्दा त्यस बापत विश्वविद्यालयले लाखौँ रुपैयाँ जरिवाना शुल्क बुझाउनुपर्ने स्थिति सिर्जना भएको छ ।’

आजै त्रिविका उपकुलपति डा। धर्माकान्त बास्कोटाले पत्रकार सम्मेलन गर्दैछन् । त्रिविमा भइरहेको अवरोधको विरुद्धमा कडा कदम चालिने पत्रकार सम्मेलनमाफर्त जानकारी दिने त्रिवि स्रोतले बतायो ।

kdmfmg1661651520-1

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार