निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रले बयानमा बोलेका यी हुन् १४ महत्वपूर्ण कुरा

banner

cholendra-shumsher-jb-rana

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबार प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा बयान दिए । उनीसँगको बयान लिने क्रम नसकिएकाले आज बिहीबार पनि समितिले बयान लिंदै छ ।

बुधबार करिब साढे ३ घण्टा लामो बयानका क्रममा उनले मेरै परमादेशबाट बनेको सरकारका सांसदहरुले मलाई नै महाअभियोग लगाएको भन्दै यो घटनाले झसंग बनाएको बताएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली दुरदर्शी नेता भएको भनेर प्रशंसा पनि गरेका छन् । साथै उनले आफ्ना सहकर्मी न्यायाधीशहरुको नाम लिएर उनीहरुको चरित्रमा प्रश्न उठाएका छन् ।

बयानको क्रममा जबराले व्यक्त गरेका धारणाका मुख्यरमुख्य अंशहरु यस्ता छन्–

‘म ज्युँदो साक्षी हुँ’
प्रतिनिधिसभा विघटनको मुद्दापछि यो न्यायाधीश विघटनको पक्षमा छ, यो विपक्षमा छैन भन्ने काम भयो । सबै न्यायाधीश स्वतन्त्र हुन्छन्, आफ्नो विवेक प्रयोगमा स्वतन्त्र हुन्छन् भनिन्छ । तर विघटनको विषयमा अदालतमा स्वतन्त्रपूर्वक फैसला गर्न दिएको भए यो स्थिति आउने थिएन । मैले दुखका साथ भन्नुपर्छ । फैसला गर्न गराउन सबै प्रयोग भयो । म त त्यहाँको ज्यूदो साक्षी हो ।

प्रधानन्यायाधीश विघटनको विरुद्धमा हुनुहुन्छ भन्ने कुरा बाहिर आयो । संविधानको धारा १३६ ले प्रधानन्यायाधीशलाई न्यायप्रशासनको जिम्मेवारी सुम्पिएको छ । राजनीतिक मुद्दाहरुमा फरक दृष्टिकोण रहँदो रहेछ । व्यवहार फरक हुँदो रहेछ ।

न्यायाधीश कार्कीले दोहोरो भूमिका खेले

न्यायाधीश हरिकृष्ण कार्कीले दोहोरो भूमिका खेल्नुभयो । छिनमा इजलासमा बस्नुभयो, हेर्दाहेर्दै जानुभयो । केपी शर्माले नियुक्त गरेको महान्यायाधीवक्ता हुँ, यो मुद्दामा म बस्दिनँ भन्नुभयो । उहाँको मुद्दा मैले हेर्दिनँ भन्नुहुन्छ । अर्कोतर्फ केपी ओलीजीले नियुक्त गरेका सबै मुद्दा हेर्नुहुन्छ । यस्ता द्वैध चरित्रका व्यक्तिहरु बारबाट आएर बारसँग मिलेर षडयन्त्र गरेर आज न्यायपालिकालाई यो अवस्थामा पुर्याउनुभयो ।

यहाँसम्म आउदा मलाई गौरवको विषय छ । म बोल्न त पाएँ । चिकेन हर्टेड ९चल्लाको छाती जस्तो चित्त बनाएका० न्यायाधीशहरु भएपछि संस्था चल्दैन । बारलाई हरिकृष्ण र प्रकाशमानजीले नेतृत्व गर्नुभयो । त्यही कारणले यो स्थिति सिर्जना भयो ।

महाअभियोगले झसंगै बनायो

मैले प्रमाणहरु सबै सचिवज्यूलाई दिउँला । ९प्रतिनिधिसभा विघटनका बेलामा० बारले बेञ्च गठनको विषयमा प्रश्न उठायो । पहिलोपटक मात्रै उठाउनुभएन, दोस्रो विघटनको मुद्दामा पनि न्यायाधीशहरुको विचमा बहस सुन्दासुन्दैको अवस्थामा प्रश्न उठाउनुभयो । केही न्यायाधीश बस्नुपर्छ, केही बस्नुहुन्न भन्ने कुरा आयो ।

दुईजना न्यायाधीशज्यूहरुले फलाना–फलाना बस्नुहुँदैन, उहाँहरु बस्ने हो भने हामी बस्दैनौं भन्नुभयो । बारलाई उठाउनुभयो, बारबाट पूर्णमान शाक्यजी आउनुभयो । पूर्णमानजीको विषयमा पनि मैले यो गरिमामय संसदमा जानकारी गराउनुपर्छ । उहाँले बरिष्ठको हिसाबले बेञ्च गठन भइदिए राम्रो हुन्थ्यो भन्ने कुरा उठाउनुभयो । मेरो विरुद्धमा महाभियोग आइसकेपछि म अहिले झसंग भएँ ।

बारलाई कारवाही गर्नुपर्नेमा मलाई महाभियोग ?

बारको दवावमा केही न्यायाधीशको राजनीतिक नियुक्ती भयो । यिनै न्यायाधीशको अगुवाइमा बेञ्च बहिस्कार भयो, अनि अहिले कारवाही हुनुपर्ने प्रधानन्यायाधीशलाई रु प्रधानन्यायाधीश विरुद्ध न्यायाधीशले हड्ताल गर्न मिल्छ रु यिनीहरु भ्रातृ संगठन हुन् रु तिनलाई कारवाही गर्नुपर्नेमा प्रधानन्यायाधीशलाई महाअभियोग लगाएको रु सर्वोच्चबाटै न्यायपालिकाभित्रै प्रधानन्यायाधीश र न्यायपालिकाभित्र निषेधित क्षेत्रमा नाराबाजी भयो । बारलाई कारवाही गर्नुपर्ने थियो कि प्रधानन्यायाधीशलाई महाभियोग लाग्नुपर्ने थियो रु

महाभियोग निस्तेज भइसक्यो

महाभियोग लाग्नुअघि धेरै ठाउँबाट आउनुभयो, जानुभयो । प्रधानन्यायाधीशले राजिनामा दिए हुन्थ्यो भनेर जानुभयो । मैले विधि र प्रत्रियाबाट जान्छु भनेको हुँ । ७ दिनभित्र प्रक्रियामा गएन भने अधिवेशन टुंगिए पनि प्रस्ताव निष्कृय हुन्छ । त्यस अनुसार त म विरुद्धको प्रस्ताव निष्कृय भएको छ । कुनैपनि मानेमा यो स्विकारयोग्य होइन । अहिले सुनुवाइ गरिरहेको प्रस्ताव त निष्कृय भएको प्रस्ताव हो, तर म स्वीकार गरिरहेको छु ।

‘कार्की र राउतको चरित्रै खराब’

केही न्यायाधीशको चरित्र यति खराब थियो कि तिनको हकमा मैले प्रश्न गरें । न्यायाधीशको रुपमा प्रकाशमानसिंह राउत, यो कुरा नोट होस्, उसले तीनवटा गम्भिर अपराधको विषयमा मैले प्रश्न गरेको छु । मुद्दा हेर्दाहेर्दैमा राख्ने, अनि आफू बस्ने गरेको ठाउँ माथि बोलाएर मुद्दाको पक्षहरुलाई बार्गेनिङ गर्नुभयो । यो कुरामा मैले प्रश्न उठाएँ ।

त्यसपछि उहाँ हरेक साँझ भट्टीमा जाँड खाएपछि पीएएसओ र ड्राइभरमा मोटरमा हाल्नुपर्ने भएपछि मैले प्रश्न गरें । आफ्नै श्रीमतीलाई महिला हिंसा, सम्बन्धविच्छेद गर्न खोजेपछि मैले प्रश्न उठाएँ । या सुध्रिनुस् या राजिनामा दिनुस् भन्दा उहाँले आज बारसँग मिलेर यो अवस्था‘।

अर्को अहिलेका दीपक कार्की, हरिकृष्णजीको प्रश्न गर्छु । बरिष्ठको हिसाबले मुद्दामा राख्यो, मुद्दाबाट पन्छिनुहुन्छ । मुद्दा हेर्दाहेर्दैमा महिनौं राख्नुहुन्छ, अनि पन्छिनुहुन्छ । हरेक पटक ।

कार्कीलाई प्रलोभन दिइयो

सर्वोच्च अदालतमा मैले कहिले पनि गुट–उपगुट बनाइनँ । सबै न्यायाधीश मेरो विपक्षमा रहेको भन्ने कुरा शतप्रतिशत गलत हो । मेरो विरुद्धमा महत्वाकांक्षामा लागेका न्यायाधीश मात्रै हुनुहुन्थ्यो ।

म पछाडिको व्यक्तिलाई तपाईंलाई प्रधानन्यायाधीश बनाइदिन्छु भनेपछि एउटा गुट तयार हुँदैन र रु यो त स्वभाविक हो नि । तपाईंले एक–डेढ महिना भए पनि दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन सहयोग गरिदिनुस् भन्नुभयो, मैले अस्विकार गरें । अहिले प्रधानन्यायाधीशलाई एक्लो बनाएर न्यायपालिकालाई अघि बढाउन सकिन्छ भन्ने भ्रम दललाई भयो, बारलाई भयो । अनि न्यायाधीशहरुमा महत्वाकांक्षा जाग्यो ।

म भन्दा पछाडिकोलाई महत्वाकांक्षा दिएर मैले काम गर्दैन भन्ने पारेर आज यो स्थिति पैदा गरियो । दोस्रो पदाधिकारीलाई महत्वाकांक्षा दिएर यो काम गरियो । यो गठबन्धनलाई यो प्रधानन्यायधीशले हिजो आज र भोलि सहयोग गर्ने छ भनेर भनेको भए यो स्थिति आउने थिएन ।

मेरै आदेशबाट बनेको सरकार

अदालतको परमादेशबाट सिर्जना भएको सरकार छ । त्यो सरकार, त्यसमा संलग्न दलले भन्नुपर्यो । यदि यो फैसला ठिक थियो भने यही फैसला गर्ने प्रधानन्यायाधीश बेठिक भएर महाभियोग कसरी आयो रु म दुई पटक इजलासको नेतृत्व गरेर त्यसैले जारी गरेको आदेशका आधारमा बनेको परमादेशको सरकार हो नी । यो त परमादेशको आदेशबाट बनेको सरकार हो । अरु त विषय होइन । यही फैसला गराउन यत्रो गर्यो । एमालेबाट महाभियोगको प्रस्ताव आउनुपर्ने, गठबन्धनबाट आयो । यहि त मिलेन ।

ओली दुरदर्शी नेता

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली अति शालीन, अति दुरगामी नेता हुनुहुँदो रहेछ । उहाँलाई सबै सूचना थाहा रहेछ । यस्तो बदमासी गर्ने न्यायाधीशहरुलाई पनि उहाँले महाभियोग लिएर आउनु भएन ।

मैले त हात जोडेको थिएँ, मेरो गल्ती नै भयो, बस्छु भनेका न्यायधीशलाई राख्न सकिएन । बस्दिनँ भनेका न्यायाधीशहरुलाई राख्नुपर्ने अवस्था भयो । बारले न्यायाधीशहरुमा हस्तक्षेप गरे । मलाई त दुःख लागेको छ । छिनमै हेर्ने, छिनमै नहेर्ने भनेर जानुभयो ।

नेता नेपाल डराएर महाभियोग दर्ता

फागुन १ गते माधव नेपालको मुद्दा ९१४ जना सांसदको मुद्दा० थियो । गठबन्धनलाई सिध्याउन खोज्ने, छाती पिटेर यी हामीले महाभियोग ल्याएको हो भन्नुभयो । यी हामीले सिध्यायौं भन्नुभएको हो । यसरी अगाडि बढाउँदै लैजाँदा त भइहाल्छ नी । यो भन्दा बढ्ता दुःखद के छ र रु

विघटनमा सबैतिर कब्जा

जनताको मुद्दामा निष्पक्षतामा कमी कमजोरी छैन । राजनीतिक मुद्दामा ९विघटनका दुईटा मुद्दामा० मलाई सपनाजस्तो भएको छ, अहिले पनि । यो विषयमा मैले बोल्नै सक्दिनँ । पत्रपत्रिकादेखि लिएर, सडकदेखि लिएर, न्याायधीशहरुदेखि लिएर, बारदेखि कब्जा गरेको विषयमा मैले के बोल्ने रु त्यस्ता न्यायाधीशलाई कारवाही हुनुपर्नेमा अहिले प्रधानन्यायाधीशलाई ।

संसद विघटनको दुईवटा मुद्दा भनेको हुँ । सडक पुरै कब्जा थियो । बार पुरै कब्जा भएर गरेको फैसलाको विषयमा म बोल्दिनँ । संवैधानिक इजलासको नेतृत्व प्रधानन्यायधीशले लिने हो । फैसलालाई सही गरेकाले जिम्मेवारी मेरो पनि हो । वास्तविकता र अवास्तविकतामा फरक हो । सबैलाई कब्जा गरेको फैसलाको यो संविधानले पुष्टि गरेको छैन ।

मिडिया ट्रायल भयो

देशमा दुईपटक संसद विघटनको स्थिति भयो । हारजितको स्वभामानका लागि हामीले युद्ध गर्यौं । हामी राजनीतिक प्रणालीलाई जीत र हारलाई राखेर अघि बढ्दा समस्या आयो । पत्रपत्रिकामा प्रधानन्यायाधीश विघटनको पक्षमा छ, पुनःस्थापनाको पक्षमा छैन भन्ने आएका छन् । मिडिया ट्रायलमा लिएर गएर यी न्यायाधीश पक्षमा, यी–यी विपक्षमा भन्ने कुरा आएपछि महाभियोगको प्रस्ताव अघि बढ्यो । एकातिर सबै पत्रपत्रिकामा विरुद्धमा लेख्न लगाइयो, बारलाई विरुद्धमा लगाइयो । अनि न्यायाधीशलाई विपक्षमा उभिन लगाइयो । यो त सिंगो प्रधानन्यायाधीशलाई कमजोर र विस्थापन गराउन खोजियो ।

सबैसँग बयान लिनुपर्छ

चार पूर्वप्रधानन्यायाधीशहरुको बक्तव्य आएपछि न्यायाधीशहरु विभाजित भएका हुन् । सुशीलाजीको कार्यकाल पछाडि ११ न्यायाधीशको नियुक्ती बदर गर्न व्यापक पहल भयो । त्यसमा गोपाल पराजुली हुनुहुन्थ्यो । मैले नै नियुक्ती उल्ट्याउन हुँदैन भनेको हुँ ।

सर्वोच्च अदालतका सबै न्यायाधीशलाई एकपटक यहाँ बोलाऔं । किनभने उहाँले हड्ताल गरेर बस्नुभएको छ, बहिस्कार गरेर बस्नुभएको छ । त्यसले गर्दा उहाँहरुसँग व्यक्तिगत रुपमा एक–एक गरेर बोलाउनुपर्छ । मैले नै हरिकृष्णजीको समिति गठन गरेको हुँ । कार्यान्वयन नहुने भए गठन गर्थें र रु

नातेदारको सम्पत्ति नखोजौं

मेरो परिवारमा चार दाजुभाइ र चार दिदीबहिनी छौं । सबैका सन्तान जोड्दा ७७र७८ जना छौं । छोरा र बुहारीहरु छन् । मेरो छोरा–बुहारीको बाबु–आमा कलंकीमा स्थायी बसोबास हो । मेरो सम्पत्ति विवरण न्यायपरिषदबाट झिक्दा भइहाल्छ । नेपालको संविधानले सबै नागरिकलाई उमेर पुगेपछि स्वतन्त्र मान्छ । सबैको हरहिसाब खोज्न ९हाँस्दै० मिलेन । ९सबै नातेदारको सम्पत्तिको विषय० त सम्भावना भन्दा बाहिरको कुरा भयो । साहिलो मामाको छोरा हो । उच्च अदालतको न्यायाधीश लोहितचन्द्र शाह मेरो नातेदार हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार