ग्याास सिलिण्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा घाइते, आइसियुमा उपचार हुँदै

banner

काठमाडौं, ४ फागुन । गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित सांसद डा। चन्द्रकान्त भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतलामा उपचार भइरहेको छ । बर्न अस्पतालका चिकित्सक डा। किरण नकर्मीका अनुसार उहाँहरूको स्वास्थ्य स्थिति गम्भीर छ ।

अस्पतालका अनुसार उहाँहरूको हाल अस्पतालको सघन कक्षमा उपचार हुँदैछ। डा। नकर्मीका अनुसार डा। भण्डारीको शरीरको करिब ३० प्रतिशत र उहाँकी माताको ७० प्रतिशत शरीरको भाग जलेको छ । उहाँ भन्नुहुन्छ, डा। भण्डारीको फोक्सोमा धुवा पसेकाले दुवैको अवस्था गम्भीर छ। डा। चन्द्र भण्डारीको सचिवालयका अनुसार बिहीबार राती १० बजे ग्यास पड्किएर घटना भएको थियो ।

अस्पतलामै रहनु भएका डा। भण्डारीका सहयोगी भुवन भुसालका अनुसार, सांसद भण्डारीको मुख, घाँटी र खुटामा जलेको छ । यसैगरी, उहाँकी ८८ वर्षीय आमा हरिकला भण्डारीको अवस्था भने गम्भीर छ । उहाँको शरीरको ७० प्रतिशत भन्दा बढी जलेको भनाइ उपचारमा संलग्न चिकित्सकको छ । दुवैलाई सघन उपचार कक्षमा उपचार भइरहेको जानकारी भुसालले दिनुभयो । उहाँहरू सुतिहरेको अवस्थामा एक्कासि ठूलो आवाजसहित ग्यास विस्फोट भएको थियो । डा। भण्डारी नेपाली कांग्रेसका प्रभावशाली नेता पनि हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार