फरक भूगोलमा फैलदैं माघी पर्व

banner

काठमाडौं, १ माघ । थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ यस वर्ष पनि काठमाडौंमा विशेष रूपमा मनाइने भएको छ।

तराई क्षेत्रका केही खास जिल्लामा बसोबास गर्ने थारू समुदायको यस पर्वले काठमाडौँ उपत्यकावासीलाई पनि तान्दैछ। विगतमा जस्तै यस वर्ष पनि थारू अगुवाले टुँडिखेलमा थारू राष्ट्रिय माघ (माघी) महोत्सव–२०८० आयोजना गरेका छन्।

विशेष गरी थारू समुदायले मनाउने यो पर्वमा पछिल्लो समय जातजाति पनि आकर्षित भएको पाइन्छ। माघी पर्वमा पाक्ने परिकार र थारू पहिरनप्रति संस्कृतिप्रेमी पनि आकर्षित भएका छन्। माघीमा विशेषतः ढिक्री, घोँगी, माछा र गँगटा जस्ता परिकार खाने चलन छ।

यस वर्ष माघी पर्व यही पुस २९ र आगामी माघ १ गते मनाउन लागिएको थारू कल्याणकारीसभाका महामन्त्री प्रेमीलाल चौधरीले बताए। सो कार्यक्रमको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेको जानकारी उनले दिए। टुँडिखेलमा माघीका अवसरमा खानाको स्टल करिब एक सय १५ कक्ष रहेको महामन्त्री चौधरीले बताए। “सोमबार बिहान वसन्तपुरबाट झाँकी र्‍याली सुरु भइ टुँडिखेल आउनेछ। महोत्सवमा मेची–महाकालीको थारूको नाचगान प्रस्तुति रहने छ।”

सरकारले २०६३ सालदेखि माघीलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक बिदा दिने निर्णय सकारात्मक भएको महामन्त्री चौधरीले बताए। उनले भने, “विसं २०५९ देखि २०६२ सालसम्म थारूलाई मात्र बिदा दिने गरिएकोमा २०६३ सालबाट राष्ट्रिय पर्वका रुपमै मनाउने गरिएको हो।”

ःभतचय ःबचत

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार