अस्थिरताको हल खोज्न संविधान संशोधन !

banner

काठमाडौं, ५ चैत । संविधानमा रहेको समावेशी–समानुपातिक प्रणालीनै राजनीतिक अस्थिरताको कारक रहेको भन्नेमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका तर्फबाट प्रखर आवाज उठन थालेको छ । यो आवाज उठनुमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा वतमान प्रधानमन्त्री पुष्पकमल दाहालको ‘पल्टुराम’ प्रवृतिले बल पु¥याएको छ ।

स्थिर सरकार नभई विकास सम्भव छैन । संविधानको समानुपातिक प्रावधानका कारण कुनै पनि निर्वाचनमा कुनै एक दलले स्पष्ट बहुमत ल्याउन सक्दैन । त्यसैले राजनीतिक स्थिरताका लागि संविधान संशोधनबाहेक अर्को विकल्प छैन भन्ने कांग्रेस नेताहरू बताउन थालेका छन् । यसका लागि कांग्रेस –एमाले मिलन पहिलो पाइला भएको कांग्रेस नेताहरू बताउछन् ।

प्रतिपक्षमा हुँदा एमालेले संसदवाहिर उठाएको विषय अहिले समिकरण फेरिएपछि कांग्रेस नेता बद्रि पाण्डेले आइतबार संसद भवन परिसरमै उठाए । उनले सञ्चारकर्मीसंगको कुराकानीमा व्यवस्थाको औचित्यमाथि नै प्रश्न उठन थालेकाले कांग्रेस–एमाले मिल्नुको विकल्प नभएको बताए । संगै उनले कांग्रेस वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार बनाउन नलाग्ने पनि बताए । अहिलेको व्यस्वस्थाको संस्थापक भनेकै कांग्रेस –एमाले भएकाले व्यवस्थामाथि उठेका प्रश्नको जवाफ दिन पनि दुई मिल्नै पर्छ, उनले भने ।

तत्काल सरकार परिवर्तनको कुरा गर्दा बाहिर राम्रो सन्देश नजाने र यो पनि अस्थाथी समाधानजस्तो मात्र देखिने भएकाले अस्थिरतालाई जरैदेखि उन्मुलन गर्न कांग्रेस –एमालेको एउटा तप्का सहमत भएको बताइन्छ । माओवादीलाई शान्ति प्रकृयामा ल्याउनदेखि वर्तमान संविधान जारी गर्न जसरी कांग्रेस –एमाले एक ढिक्का भएका थिए, त्यसरीनै सधैंको लागि राजनीतिक स्थिरता अन्त्यका गर्न दुई प्रमुख पार्टी एकठाउँमा उभिनै पर्ने दुर्व पार्टीका नेता सहमत छन् ।

प्रधानमन्त्रीले पछिल्लो पटक विश्वासको मत पाएको दिननै एमाले अध्यक्ष केपी ओलीले शेरबहादुर देउवालाई देशको संकट समाधानका लागि कुरा गरौं भनेर बारम्बार भन्दा नबोलेकोमा दुःखेसो गरेका थिए । जवाफमा देउवाले आफ्नै आसनबाट टाउको हल्लाउदै अब गर्छु भनेका थिए । ओलीको यही संकेत बुझेर कांग्रेस नेता हौसिएका छन् । यही हौसाईको उदाहरण संसदमै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको देखियो । उनले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका थिए ‘धोका पाएकाहरू एक ठाउँ उभिए के हुन्छ ?’

आइतबारै संसद भवन बानेश्वरमै सञ्चारकर्मीसंगको छलफलमा कांग्रेस –एमाले मिलनको अलि धेरै पोया फोय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले । उनले मुलुकलाई स्थिर सरकार दिने हो भने निर्वाचन प्रणाली बदल्नु पर्ने बताए । राष्ट्रियसभामा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेर प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित गराउन सके मुलुकलाई स्थिर सरकार दिन सकिने उनले बताए ।

‘यसका लागि कांग्रेस–एमाले मिल्नुको विकल्प छैन । यी विषय संविधान संशोधनसँग जोडिने विषय हो,’ उनले भने ‘समानुपातिकलाई राष्ट्रियसभामा लैजाऔँ । प्रतिनिधिसभा पूर्ण प्रत्यक्ष बनाएर देश बनाउने कुरामा एक भएर हिँडौँ । स्थिर सरकार बन्न सक्छ । नभए स्थिर सरकार नबन्ने भयो । सधैँ टालाटुली बटुली हुन्छ । यो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’

यो रामहरि खतिवडाको मात्र भनाई होइन । एमालेका कतिपय नेताले पटक–पटक भन्दै आएको विषय हो । जब व्यवस्थामा आँच आउँछ वा मुलुकलाई दिशावोध गराउने अवस्था आएको छ कांग्रेस–एमाले मिलेको दृष्टान्त पनि छन् । प्रचण्डको ‘पल्टुराम प्रवृति’ ले कोही पीडित छन् भने यी दुई पार्टी नै पालैपालो पीडित भएका छन् । संविधानमा प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचित नभएसम्म यो प्रवृति दोहोरिरहने दुवै पार्टीको समान बुझाई छ ।

एमालेको अर्को विकल्प छ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री यसले पनि स्यायित्व दिन्छ । तर, संविधान निर्माणका समयमै कांग्रेसको बटमलाईन संसदबाट निर्वाचित प्रधानमन्त्री भएकाले एमाले कांग्रेससंग सहमत भएको थियो । अहिले कांग्रेसबाट नै निर्वाचन प्रणाली परिवर्तनका लागि संविधान संशोधन गर्नै पर्ने कुरा आएकाले एमाले पनि त्यसमा असहमत हुने कारण नभएको एक एमाले नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार