बर्दिवासमा २० केजी गाँजा सहित २ जना पक्राउ

स्थानिय खबर

महोत्तरी, ३० चैत । महोत्तरीको बर्दिवासवाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन ।

वडा नं १४ स्थित ट्रायल सेन्टरको छेउवाट २० के.जि. ९७४ ग्राम गाँजा सहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ पर्नेमा भंगाहा नगरपालिका वडा नं. ६ बस्ने ३२ बर्षीय कलाम अन्सारी र बर्दिवास–१० बस्ने ४० बर्षीय पदम स्यांतान रहेका छन् ।

इलाका प्रहरी कार्यालय गौरिडाडावाट खटिएको प्रहरी गस्ति टोलिलाई देख्ना साथ तिन जना भागेका थिए । सेतो रंगको प्लाष्टिकको बोरा मकै बारीमा फ्याकेर भागेका उनीहरु मध्य प्रहरी निरीक्षक प्रल्हाद सिलवाल र स्थानीयको रोहवरमा दुई जनालाई भने प्रहरीले नियन्त्रण लिएको इलाका प्रहरी कार्यालयका प्रमुख रेवतीरमन पोखरेलले जानकारी दिए ।

 

फरार अर्को व्यक्तिको खोजी भईरहेको छ भने पक्राउ परेकाहरुलाई जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद थपि ईलाका प्रहरी कार्यालय बर्दिवासमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार