एमाले खोटाङको अध्यक्षमा देवबिक्रम राइ बिजयी, यस्तो बन्यो टिम

राजनीति

खोटाङ, १ बैशाख । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० खोटाङको आठौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

शुक्रबार अबेर आएको मतपरिणाम अनुसार एमाले खोटाङको आगामी कार्यकालका लागि अध्यक्षमा देवविक्रम राई निर्वाचित भएका छन् ।

अध्यक्षमा बिजयी राईले तीन सय ३९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दङ्गालले एक सय ८७ मतमा सिमित हुन पुगेका थिए ।

प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेका अनुसार उपाध्यक्षमा कुमार आचार्य तीन सय ५८ मतसहित विजयी भए भने सचिवमा सुरेन्द्रकुमार राई निर्विरोध निर्वाचित भएका थिए । उपसचिवमा कविता राई र जुद्धबहादुर पुलामीमगर चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार