माधव नेपाल कोटेश्वरमा फिल्म सुटिङ गर्दै

banner

काठमाडो., ४ वैशाख । सत्ता गठबन्धनमा भूकम्प ल्याएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल चलचित्रको सुटिङमा पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वसहमतिबाट पछि हटेको भन्दै नेपालले गठबन्धन छाड्नेसम्मको चेतावनी दिएका छन् । नेकपा एसकै कारण सुदूरपश्चिममा गठबन्धनलाई प्रदेश सरकार गठनमा सकस भइरहेको छ ।

गठबन्धनमा हलचल मच्चिरहेका बेला नेपाल भने कोटेश्वरमा फिल्म सुटिङका लागि पुगेका हुन् । रमित ढुंगानाको चलचित्र ुनमेटिने घाउु मा नेपालले अभिनय गर्न लागेका हुन् । उक्त फिल्ममा यसअघि एमाले अध्यक्ष केपी ओली तथा राप्रपाका सांसद ज्ञानेन्द्र शाही अनुबन्धित भइसकेका छन् ।

चलचित्रमा ओली प्रधानमन्त्री तथा नेपाल पूर्वप्रधानमन्त्रीको भूमिकामा देखिनेछन् । अहिले कोटेश्वरमा चलचित्रको सुटिङ भइरहेको छ । सोही चलचित्रमा अभिनयका लागि नेपाल कोटेश्वर क्याम्पस पुगेका हुन् ।

रमित ढुंगानाले तेजाव पीडितहरूको कथामा आधारित चलचित्र बनाउन लागेका हुन् । एसिडपीडित मुस्कान खातुनको जीवनीमा आधारित भएर चलचित्र निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार