सेरेना विलियम्सकी सौतेनी आमामाथी ‘घर चोरेको आरोप, सोमवार हुदैँछ फैसाला

अन्तराष्ट्रिय

न्युयोर्क, ५ बैशाख । दिग्गज टेनिस खेलाडी सेरेना विलियम्सकी सौतेनी आमा लाकेशी विलियम्सको घरलाई लिएर कानुनी लडाई चलिरहेको छ ।

लकेशाले आगामी सोमबार थाहा पाउने छिन् कि यो घर उनीसँग रहन्छ कि खोसिन्छ। लकेशाले टेनिस स्टारका पिताको यो घर ‘चोरी’ गरेको बताइएको छ । लकेशा पहिले स्ट्रिपर थिए, र ६ लाख डलर ऋण लिएका कारण तिर्न ढिलाइ भएको कारण उनको घर समस्यामा परेको हो ।

यो सम्पत्ति पाम बीच फ्लोरिडामा अवस्थित छ। यो ४ बेडरूम हवेली को मूल्य लगभग १४ लाख डलर छ। सेरेना विलियम्सका पिता राजा रिचर्डको नक्कली हस्ताक्षर गरेर यो घर आफ्नो नाममा लिएको आरोप लकेशा माथि लगाइएको छ । सेरेना र उनकी बहिनी भेनसले किशोरावस्थामा यस घरमा आफ्नो समय बिताएका थिए। यो घर सन् १९५५ देखि विलियम्स परिवारमा थियो । जब टेनिस प्रशिक्षक रिचर्डले सेरेनाकी आमा एरिसिनसँग ३।५५ लाख डलरमा किनेका थिए।

लकेशाले डेभिड साइमन नामका व्यक्तिबाट यही घरको कागजमा २ लाख ७९ हजार डलर धितो लिएका थिए । तर, उनले पटक–पटक किस्ता तिर्न ढिलाइ गरे । सिमोनले ७ वर्षमा यस विषयमा धेरै पटक अदालतको ढोका ढकढकाएका छन् । अब व्याँज र वकिलको शुल्कसहित लकेशाको कुल दायित्व ६ लाख नाघेको छ । अदालतले अर्को हप्ता यस विषयमा सुनुवाइ गर्नेछ र घर लकेशा विलियम्ससँग रहने कि नदिने निर्णय गर्नेछ।

एक समय मियामीको नाइट क्लबमा स्ट्रिपरको रूपमा काम गरिसकेकी लकेशाले यस ऋणमा हरेक महिना करिब १०,००० डलर तिर्नु पर्छ। तर गत वर्ष अगस्टमा उनले त्यसो गर्न सकिनन् । त्यसपछि पनि उनीहरुबाट किस्ता बुझाउन ढिलाइ भएको थियो । पहिलो पटक ढिलो भएपछि न्यायाधीशले समयमै ऋणको किस्ता नतिरे घर गुमाउन सक्ने चेतावनी दिए । लकेशाले अर्को मौका पाउने वा नपाउने भन्ने निर्णय आगामी सोमबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार