सुदूरपश्चिममा फेरि लफडा, एसका सोडारीलाई एमालेको अस्वीकार !

banner

धनगढी, ५ बैशाख । मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सत्ता समीकरणमा सहमति भएपनि एमालेले दीर्घबहादुर सोडारीलाई अस्वीकार गरेपछि सुदूरपश्चिमको राजनीति फेरि तरंगित बनेको छ । एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउन अगाडि सरिसकेको छ तर एमालेले भने उहाँ विवादित व्यक्ति भएको भन्दै उहाँको विकल्प खोज्न भनेपछि राजनीति फेरी तरंगित बनेको हो ।

एमालेले सोडारीविरुद्ध सम्पत्ति सुद्धीकरणमा मुद्दा विचाराधीन रहेको र मन्त्री भएका बेला पनि विवादित बनेको भन्दै उहाँको विकल्प खोज्न अडान लिएको बताइएको छ । एमालेको अडानपछि एकीकृत समाजवादीका नेताहरु केन्द्रमा छलफलमा रहेको बुझिएको छ ।

एमालेले सोडारी बाहेक जो भएपनि आफूहरूलाई समस्या नहुने प्रस्ताव एकीकृत समाजवादीलाई दिएका छन् । एमालेको नयाँ अडानपछि आज मुख्यमन्त्रीमा दाबि गर्ने तयार गरेका सोडारी छलफलमा रहेका छन् । एकीकृत समाजवादी सुदूपश्चिमले संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय यस अघि नै गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार