सुदूरपश्चिममा सरकार त बन्यो, संकट भने कायम

banner

धनगढी, ६ वैशाख । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीसँगै नागरिक उन्मुक्ति पार्टी ९नाउपा०बाट कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । उनले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथकै बेला केहीबेर प्रदेश प्रमुखको कार्यालयमा तनावको स्थिति समेत सिर्जना भएको थियो । मुख्यमन्त्री सोडारीले कैलाश चौधरी र अर्का सांसद टीका थापालाई तत्काल विना विभागीय मन्त्रीको शपथ खुवाउन खोजेका थिए । तर थापाले शपथ लिन नमानेपछि स्थिति तनावपूर्ण बनेको हो ।

टीकापुरका मेयर रामलाल डंगौराले सांसद थापालाई अहिले सपथ नखानुस् हिन्नुस् भनेर बाहिर ल्याएपछि तनाव उत्पन्न भयो । त्यसपछि मुख्यमन्त्री सोडारी एक्लैले शपथ ग्रहण गरे । ५३ सदस्यीय प्रदेशसभामा नाउपासँग ७ सिट छ । जसमध्ये रञ्जिता पक्षका दुई सांसदले मत दिए मुख्यमन्त्री सोडारीले ठिक्क विश्वासको मत पाउन सक्छन् ।

सुदूरपश्चिममा सभामुखबाहेक माओवादीसँग १०, एमालेसँग १० र एकीकृत समाजवादीसँग चार सांसद छन् । डडेधुराबाट जितेका स्वतन्त्र सांसद डा।ताराप्रसाद जोशीले पनि सोडारीलाई समर्थन गर्ने वचन दिएका छन् । सोडारी मुख्यमन्त्री बनाउने निर्णयमा एमालेभित्र समेत चर्को असन्तुष्टि देखिएको छ । एमालेकै असन्तुष्टिका कारणले सोडारी मुख्यमन्त्री बन्न एक दिन ढिलाइ भएको थियो । एमाले नेताहरुले सोडारीको साटो अर्को व्यक्ति अगाडि बढाउन एकीकृत समाजवादीसँग आग्रह गरेका थिए ।

‘मुख्यमन्त्री बनाउने कुरा राजनीतिक सहमति हो । दीर्घ सोडारीको मुद्दा ९अवैध सम्पत्ति आर्जन र भ्रष्टाचार० छ, त्यसैले अर्को व्यक्ति अगाडि सार्नुस् भनेको हो’, स्थायी कमिटी सदस्य कर्ण थापाले भने, ‘तर उहाँहरुले मान्नुभएन, हाम्रो साथीहरुले त्यो कुराप्रति असन्तुष्टि जनाउनुभएको छ ।’ मुख्यमन्त्री बन्न समर्थन दिए पनि तत्काल सरकारमा सहभागी नहुने एमाले प्रदेश संसदीय दलले निर्णय गरेको छ । एमालेको यस्तो निर्णयले मुख्यमन्त्री सोडारीलाई अगाडि बढ्न सजिलो हुने देखिदैन ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार